। सुनसरीको दुहबी नगरपालिका वडा नं ७ मा जनताका आधारभूत सेवा प्रवाह गर्न सुविधासम्पन्न आफ्नै भवन सञ्चालनमा आएको छ ।
आइतबार दुहवी नगर प्रमुख वेद नारायण गच्दारले एक कार्यक्रमका बीच सुविधासम्पन्न नवनिर्मित भवन उद्घाटन गर्नु भएको हो ।
साँघुरो कोठाबाट प्रशासनिक कार्य गर्दै आएकाले भवन अभावमा कोचिएर जोखिमपूर्ण काम गर्दै सेवा प्रवाह भईरहेकोमा आफ्नै भवन निर्माण भएपछि सहज हुने नगर प्रमुख वेद नारायण गच्दारको भनाई रहेको थियो ।
दुहवी नगर प्रमुख गच्दारलले भवनबाट सेवा सुरु भएसँगै सेवा प्रवाहमा थप सहजता हुनुका साथै आगामी दिनमा थप उत्कृष्ट सेवा प्रवाह हुने बताउनुभयो । साथै उहाँले वडाको आफ्नै प्रशासनिक भवन निर्माण हुँदा आफूहरू खुसी भएको समेत उल्लेख गर्नुभयो ।
कार्यक्रमका बीच दुहबी नगरपालिकाका प्रमुख प्रशासकीय अघिकृत हिमालय बरालले दुहबीका वडाहरुमा जग्गा ब्यवस्थापन गरेर भवन निर्माण गरिनु उदाहरणीय कार्य भएको बताए ।
प्रमुख प्रशासकीय अघिकृत बरालले भवन बनेर मात्र पालिकाको विकास नहुने भन्दै नागरिकलाई सहज र सर्वसुलभ रुपमा सेवा प्रवाह गर्न समेत उनको आग्रह थियो ।
कार्यक्रममा दुहबी नगरपालिका वडा नं ८ अध्यक्ष तारिक्चन्द्र सरदारले सुभकामना मन्तब्यको क्रममा नगरपालिकाबाट हालसम्म शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, खानेपानी, कृषि, पर्यटन, श्रम तथा रोजगार लगायतका अन्य क्षेत्रहरूमा गरिएका मुख्य मुख्य उपलब्धीहरू बारे बताउनुभएको थियो ।
वडा नं ७ का अध्यक्ष विजय चौधरीले आफ्नै प्रशासनिक भवनबाट सेवा प्रवाह गर्ने बताउनुभयो । उहाँले आफ्नो भवन अभावमा विभिन्न समस्या खेप्दैआएको वार्डले अव सेवा प्रवाहलाई थप चुस्त तथा सहजरुपमा सञ्चालन गर्ने बताए ।
नवनिर्मित भवन उद्घाटन कार्यक्रम वडा नं ७ का अध्यक्ष विजय चौधरीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
सम्पन्न भएको कार्यक्रममा दुहबी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिमालय बराल, वडा नं १ देखि १२ का वडा अध्यक्ष ,नगर कार्यपालिका सदस्यहरू, वडा सदस्यहरू, स्थानीय बुद्धिजिवी तथा समाजसेवी,साथै सुरक्षाकर्मी र नगरपालिकाका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।