जनताको घरदैलौमा ः गच्छदार

कार्तिक १८ गते । आषिश यादव
सुनसरीको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं.३ का नेपाली काग्रेंसका नेता तथा उम्मेदबार विजय कुमार गच्छदारले आफ्नो मतदाताको घरदैलोमा मत माग्न व्यस्त बन्नुभएको छ ।

गच्छदार सत्ता गठबन्धनको तर्फबाट उम्मेदबार भएकाले विकास, सुशासन, संविधानको रक्षा र लोकतन्त्रको संरक्षण गर्नका लागि आफूलाई मतदान गर्न आग्रह गर्दै घरदैलोमा जानुभएको हो ।

यहाँ नेकपा एमालेको गठबन्धनका उम्मेदवार भगवती चौधरीसंग तेस्रो पटक र गच्छदारको जिवनमा सातौ पटकको प्रतिस्प्रधाले निर्वाचनलाई रोचक बनाएको छ ।
गच्छदार दुहवी बजारबाट विहीबारदेखी मत माग्न थाल्नुभएको हो ।

शुक्रबार विहान दुहबी नगरपालिका १२ पूर्व कुशाहाको शिस्वा टोलमा घरदैलो गर्नुभएको छ ।

गच्छदार दुहवी बजारबाट विहीबारदेखी मत माग्न थाल्नुभएको हो ।

गच्छदारले चुनावी कार्यक्रमको क्रममा स्वतन्त्र रुपमा रहेका गणेश प्रसाद यादव लगायत विभिन्न पार्टीमा सक्रिय भुमिका निर्वाह गर्ने व्यक्तिहरु तथा नेकपा एमाले लगायतका दलका २८ जना नेताकार्यकर्ताहरुलाई आफ्नो पार्टीमा प्रवेश गराउनुभएको छ ।

गच्छदारले सुनसरी क्षेत्र नं. ३ को आफू उम्मेदवार भएकोले साथ र सहयोग गर्न भन्दै पार्टीमा प्रवेश गर्नेहरुलाई स्वागत गरेको बताउनुभयो ।

काग्रेसका नेता पूर्व उपप्रधान्त्री बिजय कुमार गच्छदारको हातबाट टीका लगाई नेपाली कांग्रेस पार्टीमा प्रवेश गर्न पाउदाँ खुसी लागेको नवप्रवेशीहरुले बताउनुभएको छ ।
नवप्रवेशीहरुले नेपाली काग्रेसका नेता मात्र नभइ देशको धरोहर, बिकाश प्रेमी, थारु सहित मधेसीको सान समेत रहनुभएका गच्छदारले जिल्लाको मात्र नभइ देशको योद्दा समेत रहेकोले मतदान गर्ने बचन दिएका छन् ।