औषधि व्यवसायी संघ सुनसरी शाखाद्वारा दशै,तिहार र छठ पर्वकाे शुभकामना आदानप्रदान

असाेज २२ गते ।औषधि व्यवसायी संघ सुनसरी शाखाद्वारा दशै,तिहार र छठ पर्वकाे शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

संघको आयोजनामा सुनसरीकाे इनरुवा उधाेग बाणिज्य संघको सभा हलमा दशै,तिहार र छठ पर्वकाे अबसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको हो ।

संघका जिल्ला अध्यक्ष दिपेन्द्र साहकाे अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा शुभकामना आदानप्रदान सहित औषधि व्यवसायीकाे सवाल, समस्या र अवसरकाे विषयमा चर्चा गरेको थियोे । वक्ताहरुले पछिल्लो समयमा केहीले सेवाभाव भन्दा व्यापारिक मनसाय हावी भएकाे गुनासोलाई चिर्नु पर्नेमा जाेड दिएका थिए ।

केहीका कारण सर्वसाधारणमा औषधि व्यवसायप्रतिको विश्वास खस्किँदै गएको गुनासोलाई चिर्नुपर्ने आवश्यक रहेकोमा जाेड दिएका छन। केहीले गरेको गल्तीको कारणले सबैलाई बदनाम गर्न सक्ने भएकोले यो व्यवसायलाई मर्यादित र अनुशासित बनाउन यसका नेतृत्वकर्ताहरु अन्तरमनबाट जाग्न र लाग्न जरुरी बताएका थिए ।

कार्यक्रमका प्रमुख अथिति इनरुवा नगर उपप्रमुख विनिता मेहताले औषधि व्यवसायी जाेखिम पेसा व्यवसाय भएकोले सबै इमानदारी पुर्वक काम गर्नुपर्नेमा जाेड दिनुभयो ।

लागुऔषध ओसारपसार र लागुऔषध दुव्र्यसनीको कुरा उठ्ने वित्तिकै औषधि व्यवसायीको संलग्नता छ कि भन्ने आशंका र सभा सेमिनारमा हुने चर्चालाई चिर्नसक्नु पर्ने आजको आवश्यकता रहेको संघका जिल्ला काेषाध्यक्ष सन्तोष सिंह सम्बोधनको क्रममा बताउनुभयो ।
शुभकामना कार्यक्रममा उधाेग बाणिज्य संघ इनरुवाका अध्यक्ष वीरेन्द्र कुमार साह, औषधि व्यवसायी संघका काेशी प्रतिनिधि कृष्ण कुमार बाेथरा, काेषाध्यक्ष सन्तोष सिंह , रविन्द्र घिमिरे , एसएन मेहता, विष्णु भार्दाज सहितले बाेल्नुभएकाे थियो ।

पूर्वअध्यक्षहरु, निवर्तमान अध्यक्षहरु, पूर्व पदाधिकारी तथा सदस्यहरु यस व्यवसायको साख गिर्न नदिन जिम्मेवार बनेर लाग्ने समेत प्रतिवद्धता जनाएको थियो ।