इनरुवा ४ मा सुशासन अभियान समिति गठन

असोज २२ गते । सुनसरीको इनरुवा नगरपालिका वडा नं. ४ मा सुशासन अभियान समिति गठन भएको छ ।

वडा सहित नगर क्षेत्रमा बढेको बेगिति, अन्याय अत्याचार, भ्रष्टाचार र ढिलासुस्ती विरुद्ध नागरिक तहबाट आबाज उठाउन सुशासन अभियान समिति गठन भएको हो ।

रमेश पौदारको अध्यक्षतामा भएको बडा भेलाबाट १७ सदस्य सुशासन अभियान वडा समिति गठन भएको हो । भेलाबाट सुशासन अभियान समितिको अध्यक्षमा प्रवेश मेहता, उपाध्यक्षमा दिनेश मेहता, सचिवमा विष्णु उराँव, सहसचिवमा राजकुमार उराँव र कोषाध्यक्षमा रामबचन मेहता चयन हुनुभएको छ ।

त्यसैगरी सदस्यहरुमा अर्जुन मेहता, लक्ष्मी वर्मा, महेश मेहता, तिर्थराज चौधरी, आषिश यादव, श्यामदेव शर्मा खत्वे, मनोज मेहता, सुनिल मेहता, पंकज मेहता, संदिप मेहता, दयानन्द उराँव सहित चयन हुनुभएको छ ।

त्यसैगरी सुशासन अभियान समितिको सल्लाहकारहरुमा रामअधिन यादव, रमेश पोदार, बलराम उराँव, लोमस मेहता, कृपाराम मेहता, सूर्यनारायण यादव, धर्मनारायण यादव र महानन्द यादव रहनुभएको छ ।