अवैध गाँजाको बोट तथा वेर्ना नष्ट

असोज २२ गते । धनकुटाको पाख्रिबास नगरपालिका, शहिदभुमी र साँगुरीगढी गाउँपालिकाका वडा एरियाहरुमा अवैध रुपमा लगाएका तथा आफै उम्रिएका गाँजाको बोट तथा बेर्नाहरु प्रहरीले नष्ट गरेको छ ।
असोज २१ गते इलाका प्रहरी कार्यालय छिन्ताङ, भेडेटार र प्रहरी चौकी हिलेबाट खटिएको प्रहरी टोलीले शहिदभुमी गाउँपालिका-३, ४ र ५ वडा एरियाको १० रोपनी क्षेत्रफलमा रहेका ६ हजार ५०० बोट, साँगुरीगढी- ७ र ८ स्थितमा २ हजार ५०० बोट र पाख्रिबास-१० स्थितमा ९ सय बोट नष्ट गरेको छ ।
अबैध रुपमा लगाईएका गाँजाका बोटहरु नष्ट गर्ने कार्य निरन्तररुपमा संचालन भईरहेको छ ।