६९ औं प्रहरी दिवसको अवसरमा इटहरीमा बैण्ड डिस्प्ले

६९ औं प्रहरी दिवस २०८१ को अवसरमा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले सुनसरी इटहरीको संगीत चौक स्थितमा बैण्ड डिस्प्ले गरेको छ ।
प्रहरी दिवसको अवसरमा आयोजित बिभिन्न कार्यक्रम अन्तरगत असोज १८ गते दिउँसो कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक भीम बहादुर दाहालको प्रमुख आतिथ्यतामा कोशी प्रदेश प्रहरी कार्यालयको बैण्ड टोलीले राष्ट्रिय भावहरु झल्किने धुनहरु बजाएर बैण्ड प्रदर्शनी गरेका थिए ।
उक्त कार्यक्रममा नेपाल प्रहरी प्रदेश कार्यालय धरानका प्रहरी वरिष्ठ उपरीक्षक जयराज सापकोटा, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिना, बिशेष सुरक्षा प्रहरी गण दुहबीका प्रहरी उपरीक्षक नारायण प्रसाद चिमरीया लगायत स्थानिय नागरिकहरुर्सधहरुको उपस्थिति रहेको थियो ।