दुहबी नगरपालीका स्वास्थ्य सुधार क्षेत्रमा सुनसरीकै सर्वोत्कृष्ट घोषीत

आर्थिक बर्ष २०८०÷८१ को बार्षीक सुचाङ्क सर्वेक्षण बाट सुनसरी जिल्लाको १२ वटै पालीका मध्ये दुहबी नगरपालीका प्रथम स्थान प्राप्त गर्न सफल भएको छ ।

जिल्ला स्वास्थ्य कार्यलय सुनसरीले कार्यसम्पादन मुल्यंकनका आधारमा सुनसरीका १२ वटा पालिका मध्ये दुहबी नगरपालिकाले प्रथम स्थान हासिल गर्न सफल भएको हो ।
विभिन्न ४० वटा स्वास्थ्य सूचक कार्यान्वयन गर्नेक्रममा दुहबीले ७१ प्रतिशत अंक हासिल गर्दै लगातार दोस्रो पटक जिल्लामा सर्वोत्कृष्ट बन्न सफल भएको छ ।

सुनसरीका १२ वटै स्थानीय तहबिच गरिएको मुल्याङकनमा बर्जु गाउँपालिका ६९ दशमलव ०३ प्रतिशत अंक हासिल गर्दै तेस्रो बनेको छ । पालिकाको वार्षिक रिपोर्ट, बजेट कार्यान्वयनको अवस्था लगायत विभिन्न ४० वटा सूचकको आधारमा मुल्याङकन गर्दा दुहबी, इटहरी र बर्जु गाउँपालिका पुरस्कृत बनेको स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईँले जानकारी दिनुभयो ।


उनीहरूलाई जिल्ला समन्वय समिति सुनसरीका प्रमुख राजन मेहता र स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख प्रसाईँले सम्मान तथा पुरस्कृत गरे । आर्थिक बर्ष २०८०÷८१ को स्वास्थ्य कार्यक्रम मुल्यान्कन गर्दा हाल सम्मकै उदाहरणिय र जनस्वास्थ्य क्षेत्रमा उल्लेखनिय कार्य गरेको भन्दै दुहबी नगरपालीकालाइ प्रमाणपत्र दिएको छ ।
दुहबी नगर क्षेत्रका स्वास्थ्य चौकीले दिइरहेको सेवा, सुविधालगायतलाई मूल्यांकन गरी स्वास्थ्य कार्यालय सुनसरीले दुहबी नगरपालिकालाई सर्वोत्कृष्ट घोषणा गरेको स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईले बताए ।
उनले सुनसरी जिल्लाका १२ वटै स्थानीय तहमा रहेका स्वास्थ्य केन्द्रहरुको न्युनतम सेवा मापदण्डको मूल्यांकन गरिएको बताए ।
दुहबी नगरपालीकाले गरेको बार्षीक कार्यक्रम अन्तर्गत नगर प्रमुख स्वास्थ्य बीमा कार्यक्रम, महिलाको पाठेघर क्यान्सरको(प्याप) परिक्षण ,प्रोटेवल भिडियो एक्सरे मेशिन द्वारा गर्भवति जाच, बर्थिङ सेन्टर, बिवाहित महिलाको लागि सुभकामना कार्ड, सुनौला हजार दिन,बिपन्न स्वास्थ्य सेवा बिमा,अपाङ्गता रोकथाम,उपचार तथा पुनर्स्थापना लगायत स्वास्थ्य समन्धि बिबिध कार्यक्रम समुदाय स्तरमा सन्चालन गरिरहेको छ ।

पोषण बितरण तथा कुपोषण नियन्त्रण ,खोप, सुरक्षित मातृत्व लगायत दिगो बिकाश लक्ष्यमा आधारित सुचक र कार्यक्रम हरु मार्फत ७१ प्रतिशत नतिजा निकल्दै जिल्लाकै प्रथम हुदै प्रशंसा पत्र प्राप्त गर्न सफल भएको दुहबी नगरपालिकाका नगर प्रमुख बेदनारायण गच्छादारले जानकारी दिनुभयो ।

नगर प्रमुख गच्छादारले जनताको नजिकको स्वास्थ्य केन्द्रहरुलाई सबल बनाएर नागरिकको स्वास्थ्यको अधिकारलाई प्रत्याभूत गर्नका लागि स्वास्थ्य चौकीहरुले भूमिका निर्वाह गरिरहेको बताउँदै दुहबी नगरपालिका स्वास्थ्य साखाको अभ्यास सबैका लागि अनुकरणीय रहेको बताए ।

प्रमुख प्रशासकिय अधिकृत हिमालय बरालले कुनैपनि काम सफल गराउन मुख्य नेतृत्वको भुमिकामा निर्भर हुने हुदा नगरप्रमुखको लिडरशिप स्मरणिय र उदाहरणिय रहेको प्रशंशा गर्दै स्वास्थ्य कर्मचारीहरुको योगदानको सदैब उच्च समान् रहने बताए ।