कोशी नदिमा पानीको बाहाब घट्दै गएपछि ब्यारेजमा सवारी आवागमन सुचारु

असोज १३ गते । कोशी नदिमा पानीको बाहाब घट्दै गएपछि ब्यारेजमा सवारी आवागमन २४ घण्टा पछि सुरुचारु भएको छ ।

जिल्ला प्रशासन कार्यालय सुनसरीले पानीको बहाव कम भएकाले कोशी ब्यारेजमा आज साँझ ५ बजेबाट आवागमन सुचारु गरेको जानकारी दिएको हो ।

कोशीमा पानीको बहाव अत्यधिक भएर खतराको संकेत समेत पार गरेकाले शनिबार साँझ ४ बजेबाट प्रशासनले ब्यारेज क्षेत्रमा अवागमन रोक लगाएको थियो ।

निरन्तर पानीको बहाव घट्दै गएपछि आवागमन सुचारु गरिएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।