कोशीमा पानीको बहाव ५ लाख ५७ हजार ३० क्युसेक प्रति सेकेण्ड

असोज १२ गते । देशकै सबैभन्दा ठूलो नदि सप्तकोसी नदिमा यो वर्ष कै उच्च पानीको बहाव उच्च मापन गरिएको छ ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीका अनुसार आज शनिवार साझ ५.३० बजेको मापन अनुसार सप्तकोशी नदिमा पानीको बहाव ५ लाख ५७ हजार ३० क्युसेक प्रति सेकेण्ड जलसतह मापन गरिएको हो ।

नदीको भेल उदयपुर र सुनसरीका केही क्षेत्रमा पस्ने जोखिम बढेको छ । तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन प्रमुख जिल्ला अधिकारी तिवारीले आग्रह गर्नुभएको छ । कोशी ब्यारेजमाअहिले ५६ वटा ढोका खोलिएको छ ।

स्थानीय प्रशासनले अर्को सूचना जारी नभएसम्मका लागि कोशी ब्यारेजको पुलबाट सवारीसाधन र मानिस आवतजावतमा पूर्ण प्रतिबन्ध लगाएको हो ।

निरन्तरको वर्षापछि कोशी ब्यारेजमा पानी बहाव उच्च भएपछि दुईतर्फ रातो बत्ति बालिएको सुनसरी जिल्ला प्रहरी प्रवक्ता नवीनकृष्ण भण्डारीले जानकारी दिनुभयो ।