राजमार्गका अधिकांश स्थानमा सडक मार्ग अवरुद्ध भएको छ : डा.डिला संग्राैला

असोज १२,  डा.डिला संग्राैलाले अधिकांश भू–भागमा अत्यधिक वर्षाका कारण बाढी, पहिरो र डुवानमा परी भएको जनधनको ठूलो क्षतिप्रति पार्टी र आफ्नाे तर्फबाट गहिरो दुःख व्यक्त गर्नु भएकाे छ । अविरल वर्षाका कारण दर्जनौं व्यक्तिको मृत्यु र भौतिक सम्पत्तिको ठूलो क्षति भएको प्रेस बिज्ञप्ति मार्फत बताउनु भएकाे छ । उनले भनिन,” मानिसहरु वेपत्ता र घरवारविहिन भई विस्थापित हुनका साथै सयौं व्यक्तिहरू घाइते भएका छन् । राजमार्गका अधिकांश स्थानमा सडक मार्ग अवरुद्ध भएको छ ।” सम्पूर्ण पीडितहरूको यो संवेदनशीलताप्रति नेपाली कांग्रेसको तर्फबाट सहानुभूति प्रकट गर्दै यस तर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराउनु भएकाे छ ।

यस घडीमा प्रभावित नागरिकको जीवन रक्षा, उद्धार र राहतको कार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाउन यथाशीघ्र प्रभावित क्षेत्रमा उद्धार टोली खटाएर थप मानवीय र भौतिक क्षति रोक्न तीन वटै तहका सरकारहरूले आवश्यक समन्वय र ब्यवस्थित योजना साथ सम्पूर्ण रुपले ध्यान केन्द्रीत गर्न उनलेआग्रह गरिन्। सम्पर्क विहिनको खोजी तीव्र बनाउन, पीडित परिवारलाई राहत उपलब्ध गराउन, बसोबासको व्यवस्था मिलाउन र घाइतेहरूलाई सम्पूर्ण उपचारको व्यवस्था गरी प्राकृतिक प्रकोपबाट उत्पन्न असहज अवस्थामा नागरिकको जीवन सहज बनाउन आवश्यक कार्य गर्न नेपाली कांग्रेसको तर्फबाट सरकारसँग आग्रह गरेेकाे कुरा प्रेस बिज्ञप्तिमा उल्लेख छ।

स्थानीय पार्टी पंक्तिलाई सक्रियतापूर्वक उद्धार र राहतको कार्यमा संलग्न हुन पार्टीका तर्फबाट निर्देश गरिन् । पार्टीका साथीहरूलाई ब्यवस्थित ढंगले प्रभावकारी रुपमा कार्य गर्न आग्रह गर्दै यो विपत्तिको सामना संयम र एकतापूर्वक गर्न स्थानीय सबै दिदीबहिनी–दाजुभाइमा उनले अपील गरिन ।

प्राकृतिक प्रकोपमा जीवन गुमाउनु भएका सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँहरूको आत्माको चीर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरिन । साथै, घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना समेत उनले गरिन् ।

प्रेस विज्ञप्ति

निरन्तरको बर्षाका कारण देशको अधिकांश भू–भाग बाढी, पहिरो र डुवानमा परेको छ । दर्जनौं सडकहरुमा पहिरो खस्दा अवरुद्ध छ भने हवाइ उडानहरु प्रभावित छन् । जसका कारण देशले ठूलो जनधनको क्षति व्यहोरिरहेको छ । बाढी र पहिरो पनि अझै जारी छ । यस्तो दुःखद घटनाले अत्यन्तै मर्माहत र पीडावोद गराएको छ । यस्तो प्राकृतिक विपदमा परी दर्जनौं व्यक्तिको मृत्यु र भौतिक सम्पत्तिको ठूलो क्षति भएको भएको समाचारहरु आइरहेका छन् । मानिसहरु वेपत्ता र घरवारविहिन भई विस्थापित हुनका साथै सयौं व्यक्तिहरू घाइते भएका छन् । सम्पूर्ण पीडितहरूको यो संवेदनशीलताप्रति नेपाली कांग्रेसको तर्फबाट सहानुभूति प्रकट गर्दै यसतर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछु । उद्धारको पर्खाइमा रहेका प्रभावितहरु अझैसम्म पनि सरकारको उपस्थिति नभएकोप्रति दुखित छन् ।

यस्तो गम्भीर प्राकृतिक विपत्तिको चपेटाबाट नागरिकको जीवन रक्षा, उद्धार र राहतको कार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाउन जोडदार माग गर्दछु । यथाशीघ्र प्रभावित क्षेत्रमा उद्धार टोली खटाएर थप मानवीय र भौतिक क्षति रोक्न तीन वटै तहका सरकारहरूले आफ्नो शक्ति त्यसतर्फ केन्द्रीत गर्न जोडदार माग गर्दछु । साथै देश विदेशमा रहनुभएको सम्पूर्ण मककारी नेपालीहरु राहत जुटाउन र उद्धारमा खटिन पनि आग्रह गर्दछु ।

तीनवटै तहका सरकारहरुले सम्पर्क विहिनको खोजी तीव्र बनाउन, पीडित परिवारलाई राहत उपलब्ध गराउन, बसोबासको व्यवस्था मिलाउन र घाइतेहरूलाई सम्पूर्ण उपचारको व्यवस्था गरी प्राकृतिक प्रकोपबाट उत्पन्न असहज अवस्थामा नागरिकको जीवन सहज बनाउन आवश्यक कार्य गर्न माग गर्दछु । अन्त्यमा, प्राकृतिक प्रकोपमा जीवन गुमाउनु भएका सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँहरूको आत्माको चीर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु । साथै, घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । जय नेपाल ।

डा.डिला संग्रौला
केन्द्रीय सदस्य
एवम
विभागीय प्रमुख
पेशागत तथा बुद्धिजिवी विभाग
नेपाली कांग्रेस