सप्तकोसीमा खसेको बसमा सबार सबै यात्रुको उद्यार

असोज १० गते । सुनसरीको कोसी व्यारेजको ३४–३६ नम्वर ढोकाको बीचमा सप्तकोसी नदीमा खसेको बसमा सबार सबै यात्रुको उद्यार गरिएको छ ।


बिराटनगरबाट गाईघाट जादै गरेको को १ ख ४६०१ नम्वर बस नरसिंह डिल्क्स यातायात बिहिबार साझ ५ः३० बजेको समयमा कोसी ब्यारेज स्थित सप्तकोसी नदीमा खसेको सुनसरीका प्रहरी नायव उपरीक्षक नविनकृष्ण भण्डारीले जानकारी दिनुभयो ।
बसमा सबार सबै जनाको सकुशल उद्धार भएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताउनुभयो ।


केही घाईते भएकालाई थप उपचारका लागि अस्पताल पठाइएको र यस बिषयमा थप बिवरण अउन बाँकी रहेको जिला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।