यातायात कार्यालय इटहरीबाट नक्कली चिकित्सक सहित १७ जना पक्राऊ

असोज ९ गते । यातायात कार्यालय सुनसरीको इटहरीबाट नक्कली चिकित्सक सहित १७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


यातायात सेवा र सवारी चालक अनुमति पत्र कार्यालयबाट नक्कली चिकित्सक सहित १७ जनालाई बुधबार सुनसरी प्रहरीले नियन्त्रणमा लिइएको हो ।


सेवाग्राहीलाई दुःख दिएको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाइएको सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी वेदराज फुयँलले जानकारी दिए । फुयँलद्धारा जारी विज्ञप्तिअनुसार यातायात व्यवस्था कार्यालयमा सेवाग्राहीलाई दुःख दिने गरेको र अनियमित कार्य गर्न गरेको गुनासोका आधारमा पक्राउ गरिएको उल्लेख छ ।

पक्राउ पर्नेमा नक्कली चिकित्सक, बिचौलिया र लेखापढी गर्ने रहेको छ। यातायात कार्यालय इटहरीमा बिचौलियाको बिगबिगी हुँदा सर्वसाधारणले सहज सेवा पाउन नसकिरहेको गुनासो बढेको प्रशासनले जनाएको छ ।
नियन्त्रणमा लिएका १७ जनालाई इलाका प्रहरी कार्यालयमा राखेर प्रहरीले कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइएको इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी टेकबहादुर कार्कीले जानकारी दिए ।

पक्राउ परेका व्यक्तिको नामावली –
१. जिल्ला धनकुटा घनकुटा न.पा. ०८ घर भइ इटहरी उप-म.न.पा. वडा नं. १३ शान्ती २.चोक बस्ने बर्ष २४ को सपुन राई
३.जिल्ला सुनसरी इटहरी उप म न पा वडा नं. १२ खानार बस्ने बर्ष २४ कि मनिका गिरी
४.जिल्ला सुनसरी इटहरी उप म ना पा वडा नं. ०९ बस्ने बर्ष २५ को सन्दिप श्रेष्ठ
५. जिल्ला सप्तरी राजगढ गा पा वडा नं. ०४ घर भइ हाल इटहरी उप म न पा वडा नं. ०९ मा डेरा गरी बस्ने बर्ष ४४ को पर्शुराम साह
६.जिल्ला उदयपुर त्रियुगा नगरपालिका घर भइ हाल इटहरी ०२ मा डेरा गरी बस्ने बर्ष १९ को महेश राई
७.जिल्ला सुनसरी इटहरी उप म न पा वडा नं. ०४ बस्ने बर्ष ३४ को देवेन्द्र बस्नेत
८.जिल्ला मोरङ बुढिगंगा गा पा वडा नं. ०२ टंकिसुनवारी बस्ने बर्ष ३२ को शुसिल शाह
९.जिल्ला उदयपुर त्रियुगा ना पा ०३ भुल्के घर भइ इटहरी उप म न पा — बस्ने बर्ष २३ को संयोग राई
१०.जिल्ला सुनसरी इटहरी उप म न पा वडा नं. ०१ बस्ने बर्ष ३७ को प्रगती खतिवडा
११.जिल्ला सुनसरी रामधुनी नपा वडा नं. ०१ बस्ने बर्ष ३८ को किरण कुमार चौधरी
१२. जिल्ला मोरङ रंगेली वडा नं. ०९ बस्ने बर्ष ३३ को दुर्गा प्रसाद भट्टराई
१३. जिल्ला सुनसरी इटहरी उपमनपा वडा नं. ०४ बस्ने बर्ष ३९ को महन बास्तोला
१४.जिल्ला सुनसरी इटहरी उप म न पा वडा नं. ०४ बस्ने बर्ष १९ को सफल राई
१५. जिल्ला सुनसरी इटहरी उप म न पा वडा नं. ०५ बस्ने बर्ष १९ को अजित खवत्तरी
१६.जिल्ला भोजपुर घर भइ इटटहरी वडा २० बस्ने बर्ष ३६ को युवराज तामाङ