दुहवी ७ मा श्रीअनन्त भगवानको नवनिर्मित मन्दिर भवन उद्घाटन

असोज १ गते । दुहबी नगरपालिका वडा नम्बर ७ पचिरामा नवनिर्मित श्रीअनन्त भगवानको मन्दिर भवन उद्घाटन गरिएको छ ।

सोमबार दुहबी नगरपालिका प्रमुख वेदनारायण गच्छादारले रिवन काटेर श्रीअनन्त भगवानको नबनिर्मित मन्दिर भवनको उद्घाटन गरेका हुन । २०७९ साल माघमा अनन्त भगवानको मन्दिर को सिलान्यास गरिएकोमा २ बर्षपछि उक्त मन्दिरको सोमवार नगर प्रमुख गच्छादारले उद्घाटन गर्नुभएको छ ।


प्रमुख अतिथि समेत रहनुभएका नगर प्रमुख गच्छदारले भवन उद्घाटनको क्रममा बोल्दै सनातन हिन्दुहरुको आस्थाका भगवान श्रीबिस्णुको अवतारको रुपमा अनन्त भगवान लाइ पुजिदै गरेकोमा सोहिअनुरुप मन्दिर पचिरामा निर्माण गरिएको बताउनुभयो ।

उद्घाटन गर्दै नगर प्रमुख गच्छदारले आन्तरिक तथा बाह्य पर्यटकका लागि यी यस्ता  मन्दिरहरुले यस क्षेत्रलाई चिनाउने काम गर्ने बताए । स्थानीय स्तरमा पनि पर्यटन प्रवद्र्धनको प्रचुर सम्भावना बोकेकोले थप विकास गर्दै मन्दिरको प्रचारप्रसार गर्न आग्रह गरेका छन् ।  नवनिर्मित भवन मन्दिरको नियमित पूजाआजाका साथै विभिन्न धार्मिक अनुुष्ठानमा बहुउपयोगी बन्ने विश्वास लिइएको नगर प्रमुख गच्छदारले बताए ।

नगर प्रमुख गच्छदारले मन्दिर निर्माण भएको स्थलको बारैमा यितिहास खोतल्दै धेरै बर्ष पहिले समैयाघाटमा गहिरो दह रहेको त्यस क्षेत्रमा लामा लामा सिङ्ग भएका हरिण ( थारु भाषामा समैया) पानी पिउन आउने गरेको उक्त हरिणलाइ कसैले सिकार गरेको सोहि आधारमा उक्त ठाउको नाम समैया घाट रहन गएको इतिहास रहेको बताए ।

करिव २४ लाख लागतमा बनेको मन्दिर र समैयाघाटको इतिहासलाइ पुनर्जीवित गर्दै पर्यटन स्थल निर्माण गर्न दिपज्योति युवा क्लवले भुमिका खेल्नु पर्ने बताउनुभयो ।

कार्यक्रमको अध्यक्षता मन्दिर निर्माण समितिका अध्यक्ष ललित कुमार चौधरीको अध्यक्षतामा भएको थियो भने दुहबी ७ का वडा अध्यक्ष बिजय चौधरीले बिभिन्न दाताहरु लाइ प्रशंसा पत्र बितरण गरेका थिए ।