नेपालि काङ्रेसको उमेदवार बिन्देस्वर यादव चुनावी प्रचारप्रसार अभियानमा दुहबिमा घरदैलो कार्यक्रममा

कार्तिक १७ गते । प्रदेश सभा सुनसरि क्षेत्र नम्बर ३ (ख ) नेपालि काङ्रेसको उमेदवार बिन्देस्वर यादव चुनावी प्रचारप्रसार अभियानमा दुहबिमा घरदैलो कार्यक्रममा पुग्नुभएको छ ।

कार्यकर्ता भेटघाट तथा घरदैलोमा काङ्रेस सरकारको पालामा थुप्रै विकासका काम भएको स्मरण गराउर्दै फेरिपनि नेपालि काङ्रेसको सरकार आवश्यक रहेको यादवले उल्लेख गर्नुभयो ।

प्रदेश सभा सुनसरि क्षेत्र नम्बर ३ (ख ) नेपाली काग्रेंसका उम्मेदबार रहनुभएको यादव मङ्सिर ४ गते हुन लागेको निर्वाेचनमा मतदानको महोल कस्तो हुने र कस्तोलाई मतदान गर्ने विषयलाई लिएर जनताको भावना बुझ्न घरदैलौमा पुग्नुभएको हो ।

केहीदिनदेखी जनताको भावना बुझ्न घरदैलौमा पुग्नुभएको यादवले आफ्नो राजनीतिक सेवाको योगदानको जानकारी दिदै मनोभावना बुझने र माहोल आफ्नो पक्षमा पार्नका लागि सहकर्मी सहित घरदैलोमा पुग्नुभएको छ ।

मङ्सिर ४ गते हुने संघीय र प्रदेश निर्वाचनका लागि सुनसरी निर्वाचन क्षेत्र नं.३ (ख)का उम्मेदबार बिन्देस्वर यादव लाई जनताले विकासप्रेमी, जनभावना बुझने उम्ेमदबार भएको भन्दै सहयोग गर्दे प्रतिकृया दिएका छन् । यादवले जनताको भावना बुझ्न घरदैलौमा पुगेको बेला साकारात्मक प्रतिकृया पाएको र मंसिर ४ गते मतदान गर्न आतुर रहने बताउनुभएको छ ।

घर दैलोको क्रममा उमेदवार यादवले फरक प्रसङ्गमा बोल्नु हुँदै नेकपा एमाले क्षेत्र नम्बर ३ का उम्मेदवारहरुले जनता माझ भ्रम मात्रै फैलाउने काम गरिरहेका छन् उनले भने, अहिले जनता जागरुक भइसकेको छ, त्यसकारण जनता भ्रमको पछि लाग्दैन । सुनसरी क्षेत्र नम्बर ३ का जनताको माहोल काँग्रेसको पक्षमा रहेको उनले बताए । काँग्रेस जनताको दुःख र सुखको पार्टी भएकोले काँग्रेसलाई मतदान गर्नेमा उनी ढुक्क छन् ।

यादवले आफु पार्टिमा नया नभएको तर जनता सग बिभिन्न करणले कम घुलमेल भको महशुसगर्दै आसन्न निर्वाचनमा रुख चिन्हमा मत दिन अनुरोध गरेका छन ।