सार्वजनिक सडक मिचेर होडिंग बोर्ड शिर्षकको समाचार प्रकाशन भएपछि उधोगले होर्डिग बोर्ड हटाए

सार्वजनिक सडक मिचेर होडिंग बोर्ड शिर्षकको समाचार प्रकाशन भएपछि सरोकारबालाहरुको दबाव र निर्देशनमा उधोगले होर्डिग बोर्ड हटाएको छ ।

सुनसरीको दुहवी नगरपालिका स्थित सोनापुरमा रहेको एशिएन थाई फुड्सको रमपम च्याउच्याउ कम्पनीले कोशी राजमार्गको सार्वजनिक सडक मिचेर होडिंग बोर्ड राखेको पाइएको गुनासो र तस्विर सहितको समाचार प्रकाशन गरेपछि  होर्डिग बोर्ड हटाएको हो ।

सर्वसधारण नागरिकलाई हिड्नका लागि बनाएको सार्वजनिक सडकको पेटीलाई नै छेक्ने गरि मिचेर होडिंग बोर्ड राखेको पाइएको थियो । आफ्नो उधोगको मुख्य गेटमै सार्वजनिक सडक मिचेर होडिंग बोर्ड राखेको भएपनि हालसम्म कार्वाही नभएकाले जथाभावी गरेको सर्वसधारणको गुनासो बाहिर आएको समाचार प्रकाशन भएको थियो । ट्राफिक प्रहरी, जिल्ला प्रहरी र स्थानीय तहले सर्वसधारणको गुनासोलाई सम्बोधन गर्न उधोगको अनुगमन गरी सडकमै राखिएको पाइएको खण्डमा होडिंग बोर्ड हटाउनुपर्ने सरोकारबालाहरुको भनाई थियो । त्यसलाई सार्थक पार्न समाचार प्रभाव सावित भएको छ ।