दुहबी नगरपालिका वार्ड ६ द्वारा डेंगु सम्बन्धी सचेतनामूलक कार्यक्रम

दुहबी नगरपालिका वार्ड ६ द्वारा आज सोमबार डेंगु सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ ।


लामखुट्टेको टोकाईबाट सर्ने डेंगु ज्वरोको संक्रमण बढ्दै गएकाले यसको रोकथामका लागि ‘सर्च एण्ड डिष्ट्रीय’ अभियान सञ्चालन गरेको हो।

दुहबी नगरपालिका वार्ड ६ बाट स्वास्थ्यकर्मी, कर्मचारी, जनप्रतिनिधि, प्रहरी र स्थानीयको सक्रियतामा वार्डको सम्पूर्ण क्षेत्रमा कार्यक्रम आयोजना गरिएको वार्ड ६ अध्यक्ष घनश्याम हलुवाईले जानकारी दिनुभयो ।

सचेतनाका लागि गएको टोलीले वर्कसपका टायरमा जमेका पानी फाल्नुकासाथै अन्य पानी जमेका स्थानहरुमा ‘ब्लिचिङः पाउडर’,पुरानो मोबिल छरिएको थियो भने लामखुट्टे हुन सक्ने संभावित स्थलहरुको खोजी गरिएको थियो ।

वर्कसपमा रहेका टायरहरुमा पानी जम्न नदिन सम्बन्धित ब्यक्तिहरुलाई सचेत गराइएको थियो भने माईकिङ‌माफत घर वरीपरी पानी जम्ने स्थानहरुमा पानी जम्न नदिन वा पानीका ड्रमहरु, बाल्टिनहरुलाई छोपेर राख्न सुझाव दिइएको थियो ।
समापन कार्यक्रममा बोल्दै दुहबी वार्ड ६ अध्यक्ष घनश्याम हलुवाईले रोग लागेपछि पछुताउनुभन्दा रोग लाग्न नै नदिनु बुद्धिमानी हुने भएकाले सचेत हुन आग्रह गरे।

उनले दुहबीमा पनि डेङ्गु रोगका संक्रमित ब्यक्तिहरु भेटिएकाले सबैले यसबाट बच्ने उपायहरु अपनाउन पनि सुझाव दिए ।

वार्ड ६ अध्यक्ष घनश्याम हलुवाईले सचेतनामूलक ¥याली एवं ‘सर्च एण्ड डिष्ट्रीय’ कार्यकालागि सहयोग गर्ने सबैप्रति आभार ब्यक्त गरे  । डेङ्गु रोगबाट बच्नका लागि दुहबी नगरपालिका १२ वटै वार्डहरुले सचेतनामूलक कार्यक्रम तथा लामखुट्टे नियन्त्रणका लागि ‘सर्च एण्ड डिष्ट्रीय’ को अभियान सञ्चालन गरिरहेका छन् । अभियानलाई अझै फराकिलो बनाउँदै प्रत्येक टोल टोलमा पु¥याईने दुहबी नगरपालिकाका स्वास्थ्य साखाका फोकल पर्सन उचित नारायण साहले बताए ।

डेङ्गु रोगका लक्षण, बच्ने उपाय तथा लामखुट्टे नियन्त्रणका लागि अपनाउन सकिने उपायहरुका बारेमा सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरिएकोआधारभूत स्वास्थ्य केन्द्र दुहबी ६ कि स्वास्थ्यकर्मी सबिना अन्सारीले जानकारी दिएन् ।