महाकुम्भ मेलाको हिसाब पारदर्शी नभएको भन्दै बराहक्षेत्रमा रयाली

भदौ ९ गते । महाकुम्भ मेलाको यथार्थ हिसाब पारदर्शी नभएको भन्दै बराहक्षेत्रका मिडिया क्षेत्र र सरोकारवालाले रयाली निकालेका छन् ।

बाह्रबर्से पिण्डेश्वर पूर्ण महाकुम्भ मेलाको यथार्थ हिसाब मिडिया क्षेत्र र सम्बन्धित सरोकारवालाले सूचना माग गरेकोमा आयोजकले उपलब्ध नगराएपछि बिरोध स्वरूप आज आइतबार रयाली निकालिएको हो ।

पूर्णमहाकुम्भ मेलाको यथार्थ हिसाब पारदर्शी नभएको विषयमा मिडिया क्षेत्र र सम्बन्धित सरोकारवालाले माग गरेको सूचनाको हक सम्बन्धी ऐनलाई कार्यान्वयन गराउन नागरिक तहबाट दबाब सिर्जना गर्ने उदेश्यले बराहक्षेत्रमा रयाली निकालिएको नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य भिसन राईले जानकारी दिनुभयो ।

रयाली चतरा बजारदेखि हाटखोला पुगेर कोण सभामा परिणत भएको नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य राईले बताउनुभयो ।

चतरा–बराहक्षेत्रवासीले नागरिक तहबाट साङ्केतिक दबाब र्याली निकालेका हुन् । रयालीमा स्थानीय नागरिक, युवा, अटो चालक उद्यमीहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित निकायलाई पारदर्शिता, जवाफदेहिता र उत्तरदायित्व बोध गराउन र्याली आयोजना गरिएको जनाएको छ ।