लायन्स क्लब अफ दुहबी द्वारा वृक्षारोपण

वातावरण संरक्षण गर्ने उद्देश्यले लायन्स क्लब अफ दुहबीले वृक्षारोपण कार्यक्रम गरेको छ ।

सनिबार क्लबले ईलाका प्रहरी कार्यालय दुहबी अगाडी रहेको सडकमा वृक्षारोपण गरेको लायन्स क्लब अफ दुहबीका अध्यक्ष भोगेन्द्र कुमार साहले बताए ।


कार्यक्रममा लायन्स अन्तर्राष्ट्रिय ३२५ सि का डिष्ट्रिक गभर्नर लायन बिकाश अधिकारीको प्रमुख आतिथ्यमा अधिकारीले सडक परिसरमा बिरुवा रोपि कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो ।

बाताबरणलाई सन्तुलन कायम राख्ख रुख रोप्नुपर्ने बताउदै डिष्ट्रिक गभर्नर लायन अधिकारीले क्लबहरुले स्वास्थ, शिक्षा, सामाजिक र बाताबरणीय क्षेत्रमा गरेको कार्यले यहाँको समाजिक क्षेत्रमा निकै ठुलो योग्यदान पुगेको जानकारी दिनुभयो।

रोपिएको विरुवाको संरक्षण गर्ने र वृक्षारोपण गरिएको क्षेत्रलाई पार्कको रुपमा अगाडि बढाउने लक्ष्य लिइएको लायन्स विद्यानन्द यादवले बताए ।

लायन्स क्लब अफ दुहबीका अध्यक्ष भोगेन्द्र कुमार साहको अध्यक्षता लायन्स अन्तर्राष्ट्रिय ३२५ सि का डिष्ट्रिक गभर्नर लायन बिकाश अधिकारीको प्रमुख आतिथ्यता, लियो कलब दुहबी ,ईलाका प्रहरी कार्यालय दुहबीको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको थियो ।