साउन १७ गते । कोशी टप्पु वन्यजन्तु आरक्षले आर्थिक वर्ष २०८०÷०८१ मा ४० लाख १४ हजार ७ सय ९४ राजस्व संकलन गरेको छ ।
आरक्षका संरक्षण अधिकृत रमेश कुमार यादवका अनुसार आक्षमा जंगल सफारी, पर्यटक, वनपैदावार, जंगल पैदल यात्रा, हात्ती सफारी, जरिवानाबाट ४० लाख १४ हजार सात सय ९४ राजस्व संकलन गरेको हो ।
सबैभन्दा धेरै रकम आन्तरिक तथा बाह्य पर्यटकबाट उठेको हो । आव २०७९÷८० मा कार्यालयले ३९ लाख ९४ हजार चार सय आठ राजस्व संकलन गरेको थियो ।
सार्क क्षेत्रका पर्यटकले सात सय ५० अन्य देशका आगन्तुकले एक हजार पाँच सय शुल्क तिर्नुपर्ने व्यवस्था छ ।