निक्षेप तथा कर्जा सुरक्षणकोष र कोशी प्रदेश सरकारबिच रोजगारी सिर्जना गर्न सम्झौता

साउन १७ गते । निक्षेप तथा कर्जा सुरक्षण कोष र कोशी प्रदेश सरकार बिच रोजगारी सिर्जना गर्न सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

निक्षेप तथा कर्जा सुरक्षण कोष काठमाडौ र कोशी प्रदेश सरकार बिच विभिन्न उधमशिलता र रोजगारमुलुक कार्यक्रम गर्ने सम्झौता पत्रमा बिहीबार हस्ताक्षर भएको हो ।

कोशि प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको उपस्तिथिमा कोषका कार्यकारी अधिकृत रमेशकुमार घिमिरे र मुख्यमन्त्री कार्यलयका उपसचिव अर्जुनकुमार निरौलाले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो ।

यो सम्झौता पछि कोशि प्रदेशका सर्वसाधारण नागरिकमा उधमशिलताको बिकास र रोजगार सिर्जना गर्न सहयोग पुग्ने मुख्यमन्त्री कार्यलयका उपसचिव निरौलाले बताउनुभयो ।

यो समझदारीले सर्बसुलभ कर्जा प्रबाह गर्न बैंक तथा बित्तिय संस्थालाइ प्रोत्साहित गर्ने सम्झौता पत्रमा उल्लेख्य रहेको छ । सम्झौता पत्र हस्ताक्षर समारोहमा मुख्यमन्त्री हिक्मत कुमार कार्कीले यो सम्झौताले प्रदेशमा रोजगारी सिर्जना गर्न महत्त्वपूर्ण भुमिका खेल्ने बताउनुभयो ।

सो अवसरमा प्रमुख सचिब केदारनाय शर्माले यो सम्झौताले नागरिकका अपेक्षा पुरा गर्न सहयोग गर्ने बताउदै आगामी दिनमा प्रदेशमा नंया नयाँ काम गर्न सहज हुने बताउनुभयो ।
कार्यक्रममा कोषका कार्यकारी अधिकृत रमेशकुमार घिमिरेले कोशी प्रदेशमा युवा रोजगार,घरेलु उधोग बिकास र उधमशिलता बिस्तारलाइ समझदारीले नयाँ ढोका खोलेको बताउनुभयो ।

प्रदेशमा १२ कक्षा उतिर्ण करिब एक हजार युवालाइ तालीम दिइ अनलाइन रोजगारी यसै बर्ष दिने कोशी प्रदेश सरकारको तयारी रहेको छ ।