उर्लावारी बसपार्क निर्माणका लागि ऋण तथा अनुदान सम्झौता

नगर विकास कोषको शहरी पूर्वाधार विकास आयोजना अन्तर्गत उर्लावारी नगरपालिकामा उर्लावारी बसपार्क आयोजना निर्माणका लागि ऋण तथा अनुदान सम्झौता सम्पन्न भएको छ ।


उर्लावारी नगरपालिकामा व्यवस्थित वसपार्क निर्माणका लागि आषाढ २३ गते उर्लावारी नगरपालिका र नगर विकास कोष बीच ऋण सम्झौता सम्पन्न भएको हो ।


नगर विकास कोषका कार्यकारी निर्देशक कृष्ण प्रसाद सापकोटा र उर्लावारी नगरपालिका नगर कार्यपालिका प्रमुख गंगा खरेल बीच आयोजनाको कुल अनुमानित लागत बिस करोड तीन लाख सतचालिस हजार को ६० प्रतिशतले हुन आउने रकम बाह्र करोड दुई लाख आठ हजार दुई सय ऋण र १० प्रतिशतले हुन आउने रकम अक्षरेपी दुई करोड चौतिस हजार सात सय को अनुदान सम्झौतामा हस्ताक्षर सम्पन्न गरिएको उर्लावारी नगरपालिकाका प्रमुख प्रसासकीय अधिकृत राजकुमार केसीले जानकारी दिनुभयो ।

उर्लावारी बसपार्क आयोजना निर्माणको कुल अनुमानित लागत बिस करोड तीन लाख सतचालिस हजार को ३० प्रतिशत बराबरले हुन आउने रकम रकम छ करोड एक लाख चार हजार एक सय बराबर रकम नगरपालिकाबाट व्यहोरिनेछ ।
उर्लावारी नगरपालिकाको वडा नं. ६ मा नगरपालिकाको करिब १ विगाहा १३ कठ्ठा क्षेत्रफल जग्गामा निर्माण हुने यो आयोजनालाई पूर्व पश्चिम राजमार्गमा आवत जावत गरिने सवारी साधनहरुको व्यवस्थापन तथा नगरको शौन्दर्यकरणमा महत्वपूर्ण भुमिका खेल्ने अपेक्षा गरिएको उर्लावारी नगरपालिकाका नगर प्रमुख गंगा खरेलले बताउनुभयो ।

सम्झौता कार्यक्रममा नगरपालिकाका प्रमुख बाट यस बसपार्कबाट नगरवासीलाई व्यवस्थित र आधुनिक सेवा सुविधा प्रवाह गर्नुका साथै यस क्षेत्रका जनताको सामाजिक र आर्थिक विकासमा समेत टेवा पुग्ने विस्वास व्यक्त गर्दै आयोजना गुणस्तरीयरुपमा समयमा सम्पन्न गर्नेतर्फ नगरपालिकाको तर्फबाटनगर नगर प्रमुख गंगा खरेलले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नगर प्रमुखले यस आयोजनाको लागि नगरपालिबाट व्यहोर्नुपर्ने ३० प्रतिशतको म्याचिङ्ग फण्डका लागि नगरपालिकाको बजेट तथा कार्यक्रममा नै स्रोत व्यवस्थापन गर्ने आस्वश्त् पार्नु भएको थियो ।

सम्झौता कार्यक्रममा उर्लावारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार केसीले यस आयोजनाको लागि नगर विकास कोषको ऋण सहयोग महत्वपूर्ण रहेको बताउँदै उर्लावारी वसपार्क नगरपालिकाकै गौरवको आयोजनाको रुपमा हेरिएकोले यस आयोजनालाई समयमा गुणस्तरीय रुपमा सम्पन्न गर्न नगरपालिकाको प्रतिवद्धता जाहेर गर्नुभयो ।
कार्यक्रममा नगरपालिकाका इन्जिनियर रोसन उदासको समेत उपस्थिति रहेको थियो ।

सम्झौता कार्यक्रममा कोषका कार्यकारी निर्देशकले आयोजना ऋण सम्झौताको चरणसम्म आई पुग्दा नगर विकास कोषले आयोजनालाई लगानी योग्य र गुणस्तरीय बनाउन आयोजनाको तयारी तथा विकासको चरणदेखि नै नगरपालिकासंग सहकार्य भएको बताउदै आयोजनालाई गुणस्तरीयरुपमा सम्पन्न गर्नेतर्फ नगरपालिकाको महत्वपूर्ण भूमिका रहने विचार व्यक्त गर्नुभयो ।

कार्यकारी निर्देशकले वसपार्कको प्रभावकारीकताको लागि पूर्वपश्चिम राजमार्गमा रहेको मावा खोलामा रहेको पुल लगतैको बसपार्क प्रवेश विन्दुबाट पूर्वबाट बसपार्कमा बस प्रवेशका लागि दाँया मोड्न समस्या हुन सक्ने हुँदा अन्डरपासको व्यवस्था गर्न ईटहरी काकडभिट्टा सडक आयोजना निर्माणको क्रममा रहेकोले एडीबी निर्देशनालय, सडक विभागसंग नगरपालिकाले आवश्यक पहल गरिदिन आग्रह गरेको जनाए ।