ग्रामथान गाउँपालिका अध्यक्ष जयप्रकाश गच्छदारको असामयिक निधन

असार ३ गते । मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदारको आज दिउँसो १ बजे असमाहिक निधन भएको छ ।

गाउँपालिका अध्यक्ष गच्छदार लामो समय देखि सुगर,प्रेसर र ब्रेनहेमोरेइजको समस्याबाट ग्रसित रहेका थिए ।

अध्यक्षको ५७ बर्षको उमेरमा आज सोमबार आफ्नै निवासमा दिउँसो निधन भएको उन्का स्वकिय सचीव सुभास गच्छदारले जानकारी दिएका छन् ।

अध्यक्ष जयप्रकाश गच्छदारको पार्थिव सरिरलाई भोलि बिहान १० बजे निवासबाट पालिका सम्म सवयात्रा निकाल्ने भएको छ भने त्यसपस्चात अन्तयस्टिका लागि लगिने सोकिय सचिव गच्छदारले जानकारी दिए ।