नागरीकको वस्तु तथा सेवा सम्बन्धी अधिकारका लागि दुहबीमा उपभोक्त मञ्च

। नागरीकको वस्तु तथा सेवा सम्बन्धी अधिकारका लागि सुनसरीको दुहबीमा उपभोक्ता मञ्च गठन भएको छ ।

आम नागरीकको वस्तु तथा सेवा सम्बन्धी अधिकार र उपभोग गर्ने अधिकार संरक्षण तथा नियमन गर्ने उदेश्यले उपभोक्ता मंच दुहबी नगर समिति चयन भएको हो ।

दिनेश काफ्लेको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यकारी समिति र ७ जना सल्लाहकार समिति समेत रहने गरी १८ जनाको समिति गठन गरिएको छ ।

उपभोक्ता मंच सुनसरी अध्यक्ष राजु ढकालको अध्यक्षता र दुहबी नगर प्रमुख बेदनारायण गच्छदारको प्रमुख आतिथ्यतामा गठित नयाँ कार्यसमितिकोे उपाध्यक्षमा पशुपति सरदार, सचिवमा बोधराज खतीवडा सहसचिबमा बिकाश थन्दार र कोषाध्यक्षमा पिँकी रौनियार चयन हुनुभएको छ । त्यसैगरी सदस्यहरुमा सौकात अलि, अरुना चौधरी, इन्दिरा निरौला, चुना घिमिरे, माहानन्द चौधरी, भिम चौधरी रहेका छन् । सल्लाहकार समितिमा आशिष यादव, अर्जुन खड्का, ऐरुद्दिन मिया, हरि ठाकुर, थानेश्वर ओझा, बन्दना रौनियार तथा मोहन माझी समितिमा चुनिएका छन् ।

नव निर्वाचित समितिलाई दुहबी नगर प्रमुख गच्छादारले अबिर खादा लगाइदिदै बधाइ तथा शुभकामना दिनुभएको थियो । शुभकामना दिदै नगर प्रमुख गच्छादारले कृष्णप्रसाद भट्टराइ, गिरिजा प्रसाद कोइराला, सहाना प्रधानहरुले २०४३ सालमा स्थापना गरेको उपभोक्ता मन्च नेपाल सकृय नहुदा नागरिकको उपभोग तथा सेवा सम्बन्धि अधिकार कुन्ठित बनेको जनाउनुभयो ।

नगरप्रमुख गच्छदारले संबिधानको मौलिक अधिकार सम्बन्धि ब्यावस्थामा उल्लेखित बस्तु तथा सेवाको अधिकारलाई स्थानिय सरकारले संरक्षण गर्ने बताउदै दुहबी नगरपालीकाभित्र उपभोग्य बस्तुको गुणस्तर र बजारिरणको अवस्था बुझि बस्तु तथा सेवाको संरक्षण,अनुगमन र नियमनमा ठुलो भुमिका रहने विश्वास ब्यक्त गर्नुभएको थियो ।

दुहबी नगरपालीका सदैब नागरिकको सुलभ स्वास्थ्य र शिक्षा सम्बन्धि अधिकतम संबेदनशिल रहेको र आगामि दिनमा उपभोता मंचले जनहितको काम गर्ने बिस्वास सहित आवस्यक साथ सहयोग रहने बिस्वास दिलाए ।