नेकपा एमाले सुनसरी अध्यक्ष निलम खनालको उपचारको क्रममा मृत्यु

जेठ २४ गते । नेकपा एमाले सुनसरीका अध्यक्ष निलम खनालको मृत्यु भएको छ ।

बिगत लामो समयदेखि प्यानक्रियाज सम्बन्धीको बिरामी रहेका खनालको उपचारका लागि भारतको हैदराबाद लगिएको थियो ।

उपचारका लागि हैदरावाद लगिएका खनालको मृत्यु भएको एमाले सुनसरीका पूर्व अध्यक्ष रेवतीरमण भण्डारीले बताए ।

जेठ ५ गते देखि ७ गते सम्म भएको नेकपा एमाले आठौँ जिल्ला अधिवेशनबाट सुनसरी जिल्लाको अध्यक्षमा खनाल निर्वाचित भएका थिए ।

निर्वाचित भएसँगै बिरामले च्यापेपछि थप उपचारका लागि उनलाई जेठ २२ गते हैदराबाद लगिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको एमाले सुनसरी सचिव राम कोइरालाले जानकारी दिए ।