सुनसरीका १२ पालिकामध्ये सबैभन्दा कम बेरुजु हुनेमा धरान उपमहानगरपालिका

जेठ १५ गते । सुनसरीका १२ स्थानीयतह मध्ये धरान उपमहानगरपालिका र बराह क्षेत्र नगरपालिकामा सबैभन्दा कम बेरुजु देखिएको छ ।

महालेखा परिक्षकको कार्यालयले आईतबार सार्वजानिक गरेको ६१ औँ प्रतिवेदननुसार सुनसरीका १२ पालिका मध्ये सबैभन्दा कम बेरुजु हुनेमा धरान उपमहानगरपालिका पहिलो र बराहक्षेत्र नगरपालिका दोस्रो देखिएको हो ।

सबैभन्दा बढी बेरुजु दुहबि नगरपालिकाको देखिएको छ । प्रतिवेदन अनुसार सबैभन्दा कम धरान उपमहानगरपालिकाको बेरुजु ०.७६ प्रतिशत मात्रै रहँदा दुहबि नगरपालिकाको सबैभन्दा बढी ७.११ प्रतिशत बेरुजु देखिएको छ । त्यस्तै बेरुजु कम हुने दोस्रो स्थानमा बराहक्षेत्र नगरपालिका परेको छ ।

बराहक्षेत्रको बेरुजु १ .५१ प्रतिशत रहेको प्रतिबेदनले देखाएको छ ।

बर्जु गाउँपालिकाको ५.७४ प्रतिशत,गढी गाउँपालिकाको ४.७६ प्रतिशत,इटहरी उपमहानगरपालिकाको ४.६८ प्रतिशत र देवानगंज गाउँपालिकाको ४.२० प्रतिशत कोशी गाउँपालिकाको ४.००७ प्रतिशत हरिनगर गाउँपालिकाको ३.८८ प्रतिशत रामधुनी नगरपालिकाको ३.२८ प्रतिशत भोक्राहा नरसिंह गाउँपालिकाको २.३३ प्रतिशत इनरुवा नगरपालिकाको२.०३ प्रतिशत बेरुजु रहेको छ । महालेखा परिक्षकको प्रतिवेदनले देखाएको छ । आर्थिक सुशासनमा जोड दिएको खण्डमा आगामी दिनमा बेरुजु कम हुने देखिन्छ ।