१६ औं गणतन्त्र दिवसको अवसरमा सुनसरीमा विभिन्न कार्यक्रम

जेठ १५ गते । सुनसरीको विभिन्न स्थानीय तहमा १६ औं गणतन्त्र दिवसको अवसरमा विभिन्न कार्यक्रम गरिएको छ ।

दिवशको अवसरमा जिल्ला सदरमुकाम इनरुवामा वृक्षारोपण कार्यक्रम गरिएको हो ।

इनरुवा नगरपालिका, जिल्ला प्रशासन कार्यालय र सरकारी कार्यालयहरुको समन्वयमा इनरुवा १ को महानन्द पञ्चवटी पार्कमा वृक्षारोपण गरिएको छ ।

इनरुवा १ मा गणतन्त्र दिवस २०८१ को अवसरमा पार्कमा वृक्षारोपण गरिएको दिवसको अवसरमा इनरुवा नगर प्रमुख केदार भण्डारीले गणतन्त्रले संस्थागत गरेको सङ्घीयता अभ्यास भएको छोटो समयमा तीनै तहको सरकार संवृद्ध हुँदै गएको बताउनुभयो । उहाँले सङ्घीयतापछि सेवा प्रवाहका तथा विकास निर्माणका काम नयाँ ढङ्गले अघि बढेको बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले गणतन्त्र दिवसको अवसर पारेर रोपिएको बिरुवा स्थानीय तह तथा वडा कार्यालयले महत्वका साथ अपनत्व लिई संरक्षण गर्ने विश्वास व्यक्त गर्नुभयो । इनरुवा उपप्रमुख विनिता मेहताले विभिन्न जातका बिरुवा रोपिएको जानकारी दिनुहुदै हरीयाली बढाउन र विकास तथा समृद्धिका लागि वृक्षारोवण गरेको बताउनुभयो ।

वृक्षारोपण कार्यक्रममा इनरुवाका प्रमुख प्रशासकिय अधिकृत डिल्ली निरौला, प्रहरी उपरीक्षक वीपीन रेग्मी, कर्मचारीहरु तथा स्थानीय सरोकारबाला लगायतको सहभागिता रहेको थियो । उता हरिनगर र देवानगञ्जमा समेत प्रभातफेरी गरेर गणतन्त्र दिवस मनाएको छ । यसैबीच १६औं गणतन्त्र दिवसको अवसरमा इनरुवा जेसीजले ट्राफिक सचेतना तथा सडक सुरक्षा सम्बन्धि कार्यक्रम सम्पन्न गरेको छ ।

यसैक्रममा नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन सुनसरिले १७ औ गणतन्त्र दिवशको अबसरमा इटहरी ४ मा रहेको निःसहाय बाल आश्रममा बिस हजार मुल्य बराबरको खाद्यन्न सामान र नगद हस्तान्तरण गरेको छ ।

उक्त कार्यक्रममा नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन केन्द्रीय प्रतिनिधि प्रदेश प्रतिनिधी जिल्ला समितिको सहभागि रहेको थियो ।

करिब ५५ जना निसहाय बालबालिका रहेको उक्त आश्रमका बालबच्चा लाइ खाद्यन्न सामान र नगद हस्तान्तरण गरिरहदा जिला सचिब बाबु पौडेलक अनुसार हेर्दा साच्चै नै मन भक्कानिएर आउछ भगवान सबैथोक बनाउनु तर कुनै पनि बालबालिकालाई अनाथ नबनाउनु बताए ।