
नेपाल पत्रकार महासंघका अध्यक्ष र महासचिवद्वारा हस्ताक्षर गरी सार्वजनिक भएको सदस्यता सूचीप्रति प्रेस युनियन सुनसरी शाखाको गम्भीर ध्यानाकर्षण भएको छ ।

नेपाल पत्रकार महासंघको विधानअनुसार जिल्ला शाखा र प्रदेश समितिले पठाएको सदस्य सूचीलाई बेवास्ता गर्दै विधि, प्रक्रिया, विधान मिचेर सार्वजनिक भएको सदस्यता सूची प्रेस युनियन सुनसरी शाखा अस्वीकार गर्दछ ।
सक्रिय पत्रकारहरुलाई बाहिर राखेर निश्चित समूहको स्वार्थमा सदस्य थप गरी सार्वजनिक गरिएको सदस्यता अन्यायपूर्ण रहेको नेपाल प्रेस युनियन सुनसरी शाखाको ठहर छ ।
महासंघको बिधान र महाधिबेशनको म्यान्डेड अनुसार जिल्ला शाखा र प्रदेश बाट सिफारिस भएका सदस्य सूचीलाई महासंघको संगठन समिति र शुद्धीकरण समितिको संलग्नता विना नै गलत बाटोबाट सूची तयार पारिएकाले प्रेस युनियन सुनसरी शाखाले असहमति जनाएको हो । महासंघको विधान, विधि, प्रक्रिया अनुसार नेपाल पत्रकार महासंघकै शाखाहरु र प्रदेश समितिले पठाएको सदस्यता कायम गर्न प्रेस युनियन सुनसरी शाखा माग गर्दछ ।
