महिलाको स्वास्थ्यलाई मध्यनजर गर्दै क्यान्सर पूर्वपरिक्षण सिविर

जेठ ९ गते । ग्रामिण भेगमा रहेका महिलाको स्वास्थ्यलाई मध्यनजर गर्दै सुनसरीको दुहबी नगरपालिकामा स्तन तथा पाठेघरको मुखको क्यान्सर पूर्वपरिक्षण निशुल्क सिविर सुरु भएको छ ।

दुहबी नगरपालिकाको आयोजना तथा कोशी प्रदेश जनस्वास्थ प्रयोगशाला तथा स्वास्थ्य कार्यालय सुनसरीको प्राविधिक सहयोगमा उक्त सिविर आज बुधबार देखि निशुल्क सिविर सुरु भएको हो ।

आधारभूत स्वास्थ्य केन्द्र दुहबी ९ बाट सुरु भएको सिविर नगरपालिकाका बिभिन्न ३ स्थानमा संचालन हुने छ ।

दुहबी नगरपालिकाका नगर प्रमुख बेदनरायण गच्छदारले बुधबार आधारभूत स्वास्थ्य केन्द्र दुहबी ९ बाट उक्त सिविरको सुभारम्भ गरेका हुन् ।

सिविर सुभारम्भका अवसरमा नगर प्रमुख गच्छदारले उपचारको पहूचभन्दा बाहिर रहेका नगरवासीलाई उपचार सेवा र जनचेतना जगाउन सिविर सञ्चालन गरिएको बताए ।

क्यान्सर लाग्नु भन्दा पहिले नै परिक्षण गरेर थाहा पाउन सके स्तन क्यान्सर तथा पाठेघरको मुखको क्यान्सरको रोकथाम गर्न सकिने र उपचारले पूर्ण रुपमा निको गर्न सकिने भएकाले दुहबी नगरपालिकाको सहकार्यमा परिक्षण सिविर आयोजना गरिएको बि पि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानका महिला तथा स्त्री रोग विशेषज्ञ डा.प्रो.रमेश श्रेष्ठले बताए ।

दुहबी नगरपालिका जनस्वास्थ्य साखा प्रमुख बिन्देस्वर प्रसाद महतोले परिक्षण सिविरको सभारम्भ गरिएको र यसबाट हजारौ महिला लाभान्वित हुने बताए ।

नगरपालिकाले यो अभियान सफल बनाउन महिला स्वास्थ्य स्वयं सेविका,स्वास्थ्यकर्मी,जनप्रतिनिधि समेत लाई परिचालन गरेको छ । उनीहरुले परिक्षण सिविरमा चेक जाच गराउन आउने महिलालाई सहज बनाउनेछन ।
सिविरमा क्यान्सर विशेषज्ञ,चिकित्सक सहित नर्सहरुको टोलीले परिक्षण गरिरहेको दुहबी नगरपालिकाका सिनियर नर्सिंग फोकल पर्सन पिंकी भगतले जानकारी दिनुभएको छ ।

४० वर्षमाथीका महिलाहरुको बढ्दो पाठेघरको मुखको क्यान्सर रोकथाम तथा उपचारका लागि निःशुल्क क्यान्सर स्क्रिनिङ सिविरको आयोजना गरिएको हो । दुहबी नगरपालिकाको आयोजनामा जेष्ठ ९ गते देखी ११ गते सम्म तिन स्थानमा सिविरको आयोजना गरिएको हो ।

जेष्ठ ९ गते आधारभूत स्वास्थ्य केन्द्र दुहबी ९ , १० गते स्वास्थ्य चौकी सिमरिया दुहबी वार्ड १० र ११ गते स्वास्थ्य चौकी प्रास्टोकी दुहबी १ मा महिलाहरुको पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ सिविरको आयोजना गरिएको दुहबी नगरपालिकाका फोकल पर्सन उचित नारायण साहले जानकारी दिनुभयो ।