तेस्रो संस्करणको मिल्स कप टी –२० क्रिकेट प्रतियोगितामा भारतको दिल्ली क्रिकेट क्लब र विराटनगरको एनबीएससी क्रिकेट क्लब विजयी

तेस्रो संस्करणको मिल्स कप टी –२० क्रिकेट प्रतियोगितामा भारतको दिल्ली क्रिकेट क्लब र विराटनगरको एनबीएससी क्रिकेट क्लब विजयी भएको छ ।


विराटनगर जुट मिलको खेलमैदानमा शनिवार भएको उद्घाटन खेलमा दिल्लीले हरियाणा थन्दर्स क्रिकेट क्लबलाई ५९ रनले हराउँदै दल्ली दोस्रो चरणमा प्रवेश गरेको हो ।

टस जितेर ब्याटिङ रोजेको दिल्लीले निर्धातिर २० ओभरमा ६ विकेटको क्षतिमा २४५ रनको विशाल योगफल खडा गर्‍यो । दिल्लीको जितको लागि मोहित अभिचानोनी र शिवम किशोरले आक्रामक ब्याटिङ गरे । खेलको प्लेयर अफ द म्याच समेत घोषित भएका मोहितले ३८ बलमा ९७ रन बनाए । झन्डै शतक नजिक स्कोर पुर्‍याउँदै उनले ९ छक्का र ८ चौका हिर्काए । शिवम अविजित रहँदै २५ बलमा अर्धसत्तक कटाए । उनले ७ छक्का र ६ चौका हान्दै ७२ रन जोड्दा भरत कार्कीले २४ बलमा २९ रनको योगदान दिए ।

हरियाण थन्दर्स क्रिकेट क्लबका अङ्कित गोसामीले ३ ओभरमा ३४ रन खर्चिएर ४ विकेट लिए । मोहितले २ विकेट र सुभमले १ विकेट लिएका थिए ।
२४६ रनको विशाल लक्ष्य पछ्याएको हरियाणले १९ ओभरमा सबै विकेट गुमाइ १८६ रनमा सीमित भयो । सङ्गमले अविजित ३३ रन बनाउँदा टिस्मू कुमारले २८ रन जोडे । दिल्लीका सत्य जीतले ४ ओभरमा ३९ रन खर्चिएर ३ विकेट लिए । मोहितले २ ओभरमा ३७ रन खर्चिएर २ विकेट लिए । शनिवार नै भएको दोस्रो खेलमा झापाको बोष्र्टन क्रिकेट क्लबलाई एनबीएससीले २१३ रनले पराजित गर्‍यो ।

टस हारेर ब्याटिङ गरेको एनबीएससीले निर्धातिर २० ओभरमा ५ विकेट गुमाइ २८८ रनको विशाल योगफल खडा गर्‍यो । एनबीएससीका जितका लागि राहुल चौधरीले गरेको ब्याटिङ निक्कै उत्कृष्ट रह्यो । उनले ३६ बलमा ९ छक्का र ६ चौका हान्दै सर्वाधिक ८३ रन बनाए । चिरञ्जीवी ठाकुरले २९ बलमा अर्धसत्तक कटाउँदै ६० रन बनाए । उनले ३ छक्का र ८ चौकका प्रहार गरे । कुनाल किशोरले २० बलमा अविजित ५७ रन बनाए । उनले ४ छक्का र र ७ चौकका हिर्काए । अनुभव कुमारले ४३ र रिसभले २९ रन बनाए ।
बोष्र्टनका सन्दीप क्षेत्री, दिवस शर्मा र प्रजित कुमारले समान १ –१ विकेट लिए ।
२८९ रनको विशाल लक्ष्य पछ्याएको बोष्र्टनले १४.६ ओभरमा सबै विकेट गुमाइ ७५ रनमा सीमित भयो । तरु शर्माले अविजित २५ रन बनाउँदा अन्य ब्याट्स मेनले दोहोरो अङ्क बनाउन सकेनन् ।
एनबीएससीका मैनक कुमारले ४ ओभरमा २५ रन खर्चिएर ४ विकेट लिए । अदय झाले ३ विकेट लिएका थिए ।
प्लेयर अफ द म्याच एनबीएससीका सर्वाधिक रन बनाउने राहुल चौधरी घोषित भए ।