लागुऔषध गाँजा सहित १ जना पक्राउ

 । सुनसरीको धरान उप-महानगरपालिका-२० स्थितबाट लागुऔषध गाँजा सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
हिजो बिहान १० बजे अस्थाई प्रहरी पोष्ट विष्णुपादुकाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा धनकुटाबाट धरानतर्फ आदै गरेको को.१ ज २१७८ नम्बरको यात्रुबाहक बलेरोमा सवार धनकुटा साँगुरीगढी गाउँपालिका-८ का २४ बर्षीय दिपक मुडेलले अम्लिसो कुचो भित्र कालो झोलामा लुकाई छिपाई ल्याउदै गरेको अवस्थामा ४ के.जी. ४०० ग्राम लागुऔषध गाँजा फेला पारी पक्राउ गरेको हो ।
पक्राउ परेका उनको सम्बन्धमा इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको छ ।