नगर बिकाश कोष र दुहबी नगरपालीका बिच मल्टी कम्पलेस निर्माणका लागि सम्झौता

। नगर बिकाश कोष र दुहबी नगरपालीका बिच मल्टी कम्पलेकस निर्माणका लागि सम्झौता भएको छ ।

दुहबी नगरपालीका अगाडि बजार क्षेत्रको खाली जग्गामा मल्टी मल्टी कम्प्लेक्स भवन निर्माण गर्नका लागी दुहबी नगर प्रमुख बेदनरायण गच्छदार र नगर बिकाश कोषका कार्यकारी निर्देशक कृष्ण प्रसाद सापकोटा बिच सम्झौता भएको हो ।

कोषको सन्चालक समितिको बैठकले दुहबि नगरपालीका सग ६०÷ ४० को सहलगानीमा उक्त सपिङ्ग कम्प्लेक्स निर्माणका लागी लगानि गर्ने निर्णय भए संगै सम्झौता भएको दुहबी नगर प्रमुख बेदनरायण गच्छदारले जानकारी दिनुभयो ।

मल्टी कम्प्लेक्स भवन निर्माणक लागि भ्याट सहित ३२ करोड ८४ लाख २९ हजार ६६४ रुपैया ५८ पैसा भवन निर्माणको लागत रहेको छ ।

लागत साझेदारी अन्तर्गत नगर बिकाश कोषले ६० प्रतिसत दुहबी नगरपालीकाले ४० प्रतिसत खर्च ब्यहोर्ने छ । आयोजना मुल्यान्कन प्रतिबेदन अध्ययन पस्चात कोषको २०६ औ बैठकले स्विकृत लगानि बिनियमावली२०७९को ३८बमोजिम कोष ब्यावसाय प्रवर्धन तथा आयोजना माहाशाखा बाट मुल्यान्कन गरि दुहबी कम्लेक्स निर्माणका लागी चैत्र ४ मा सिफारिस गरेको थियो ।

तत्कालै टेन्डर प्रकृयामा लैजाने र यसै आर्थिक बर्ष भित्रमा उक्त भवनको सिलान्यास गरिने दुहबी नगर प्रमुख गच्छादारले बताए ।

दुहबी नगरपालीकाको स्वामित्वमा रहेको बजार क्षेत्रको जग्गामा बनाइएका अबैद्य घरटहराहरु गत २०८० साल बैशाख ५ गते नगरपालीकाले खालि गराएका थिए ।

डबल बेसमेन्ट पार्किङ र इलेक्ट्रीक सवारिसाधन चार्जिङ सेन्टर सहित ग्राउन्ड फ्लोरमा ग्रोसरि सामाग्रीका लागी छुट्याइने छ भने ,सौचालय र दक्षिण बाहिर पट्टि सार्वजनिक सौचालय निर्माण हुने छन् । पहिलो तल्लामा इलेक्ट्रिक,इलेक्ट्रोनिक,लेडिज एन्ड जेन्स वेइरिङ सामान,ब्युटि सामान,रहने छन,दोश्रो तल्लामा बैँक,फाइनान्स,मनि एक्चेन्ज,फुड कोर्ट रहने यसै गरि तेश्रो तल्लामा कवर्ड हल, मिटिङ हल,सभाहल, बेबि स्पोर्ट्सजोन रहने,ब्यापारिक सटररहरु रहने र यसैगरी महिला तथा पुरुसका लागि छुटा छुटै जिमहल, स्पोर्ट्स जोन रहने गरि बहुआयामिक ब्यापारिक भवन बनाउन लागीएको नगर प्रमुख गच्छदारले बताए ।

सो भवन निर्माणका लागी माटोपरिक्षण र डिपिआर भइसकेको २ बर्षभित्रमा भवन निर्माणको काम सकेर उक्त भवनबाट सेवा प्रवाह गरिने दुहबी नगर प्रमुख गच्छदारले बताएका छन् ।