छैठौं मेयर कप फुटबल प्रतियोगिताको उपाधी दुहबी १० ले हाथ पारे

बैशाख १८ गते । सुनसरीको दुहबीमा जारी छैठौं मेयर कप फुटबल प्रतियोगिताको उपाधी दुहबी वर्डा नम्बर १० ले हाथ पारेको छ ।

आज मंगलबार बेलुकी भएको फाइनल खेलमा दुहबी वडा नम्बर ६ र दुहबी वडा नम्बर १० को टिम निर्धारित समय सम्म प्रतिस्पर्धात्मक खेल खेल्दै १–१ गोल सहित बराबरी भएपछि ट्राइबेकरमा ४–२ गोल अन्तरले दुहबी वडा नम्बर १० को टिमले छैठौं मेयर कपको उपाधी चुमेको हो ।

फाइनल खेलको उत्कृष्ट खेलाडी दुहबी १० का प्रह्लाद कुमार माझी घोषित भए । उनले २ हजार नगद तथा मेडल पाए । विभिन्न विधाका उत्कृष्ट खेलाडीहरुलाई समेत पुरस्कृत गरिएको थियो ।

दुहबी नगरपालिकाको आयोजना तथा एलेभेन एरोज क्लब दुहबीको संयोजनमा भएको छैठौं मेयर कपको बिजेता दुहबी १० को टिमलाई दुहबी नगरपालिकाका मेयर बेदनरायण गच्छदारले नगद १ लाख २५ हजार सहित शिल्ड मेडल प्रदान गरे ।

उपबिजेता दुहबी वडा नम्बर ६ को टिमले नगद ७५ हजार सहित शिल्ड मेडलमा चित्त बुझाए ।

सोहि क्रममा दुहबी टाईम्सका प्रकाशक अशिष कुमार यादवलाई मेयरकप फुटबल प्रतियोगिता लाई संचार माध्यममा समाचार सम्पादन गरे बापत दुहबी नगरपालिकाका नगर प्रमुख बेदनरायण गच्छदारले समान समेत गरेको थियो ।