सशस्त्र प्रहरी बलले चौथो मिल्स गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि चुमे

। सशस्त्र प्रहरी बल (एपीएफ) पकली सुनसरीले चौथो मिल्स गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि चुमेको छ ।

विराटनगर महानगरपालिका जुट मिलको खेलमैदानमा शनिवार सम्पन्न भएको फाइनल खेलमा घरेलु टिम पेमा युवा क्लब विराटनगरलाई ३ का विरुद्ध १ गोलले हराउँदै एपीएफले उपाधि चुमेको हो ।

जितसँगै एपीएफले नगद २ लाख ११ हजार १ सय रुपैयाँ हात पार्न सफल भए । उपबिजेता बनेको पेमायुवा क्लबले १ लाख ११ हजार १ सय ११ रुपैयाँमा चित्त बुझाउनु प¥यो ।

प्रतियोगिताको प्लेयर अफ द म्याच एपीएफका दिसन राई घोषित भए । हाई स्कोर एपीएफकै हरि कार्की भए । उनले खेलभरिमा तीन गोल गरेका थिए । बेस्ट गोलकिपर एपीएफका सुजन बि.क. र टुनामेन्ट अफ द इयर पेमा युवा क्लबका कोमल खवास घोषित भए ।
वैशाख ७ देखि १५ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा प्रदेश स्तरीय ‘ए’ डिभिजनका आठ वटा टिमले सहभागिता जनाएको थियो ।

प्रतियोगिताको विजेता हुने टिमलाई कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री शेरधन राई, नेपाल खेलकुद महासङ्घको केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेत, मिल्स गोल्ड कप फुटबल ट्रष्टका अध्यक्ष विष्णु डंगोल, संयोजक मनोज खड्का लगायतले नगद पुरस्कार तथा सिल्ड, मेडल वितरण प्रदान गरेका थिए ।