दुहबी वडा नम्बर ६ छैठौ मेयरकप फुटबल प्रतियोगिताको फाइनलमा प्रबेश

बैशाख १६ गते । सुनसरीको दुहबी नगरपालिकाले आयोजना गरेको छैठौ मेयरकप फुटबल प्रतियोगितामा आज आइतबार भएको खेलमा दुहबी वडा नम्बर ६ ले फाइनलको सिट सुरक्षित गरेको छ ।

दुहबी ५ अवस्थित रहेको श्री सरस्वती माबिको खेलमैदानमा जरि खेलमा आज दुहबी वडा नम्बर ६ र वडा नम्बर ७ बिच प्रतिस्पर्धा रहेको थियो ।

खेल सुरु भएको ३८ औ मिनेटमा दुहबी वडा नम्बर ६ का जर्सि नम्बर १७ आशिस साहले एक गोल गरी आफ्नो टिमलाइ १–० ले अग्रता दिलाएका थिए ।

मद्यान्तर पछिको खेलमा दुहबी ६ का जर्सि नम्बर ७ का खेलाडी बसन्त माझिले थप १ गोल गरी आफ्नो टिमलाइ २–० गोलले अग्रता दिलाए । लगत्तै दुहबी ७ का जर्सि नम्बर १५ का खेलाडी ओम प्रकास चौधरीले १ गोल गरि २–१ गोलको अन्तर बनाएक थिए ।

खेलको अन्तिम समय सम्म पनि थप गोल हुन नसके पछि दुहबी ६ ले दुहबी ७ लाइ २–१ गोलले पराजित गर्दै फाइनलको लागी सिट सुरक्षित गर्न सफल भएको हो । आइतबार भएको खेलको बिसिस्ट अतिथि दुहबी नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत हिमालय बरालले नगरमा तालिका बनाएरै हरेक प्रकारका खेलकुदका गतिविधि शुरू गरेको बताए । उनले युवाहरूलाई खेलकुदमा जोड्‌दै उनीहरूको खेल क्षमताको विकास गर्न र खेल क्षेत्रलाई व्यावसायिक बनाउने नीतिलाई अघि सारेर हरेक वर्ष मेयर कप थालनी गरिएको जनाए  ।

खेलको म्यन अफ द म्याच दुहबी ६ का खेलाडी जित नारायण मण्डलले रु २ हजार र मेडल प्राप्त गरेका थिए । प्रमुख अतिथि दुहबी नगरपालीकाकी उपप्रमुख मेनुका पोखरेल खतीवडाले मेडल र नगद रकम बितरण गरेका थिए । भोलिको सेमिफाइनल खेल दुहबी वडा नम्बर १० र ८ बिच रहेको आयोजकले जनाएको छ ।