दुहबी नगरपालीका वडा नम्बर ४ मा बिपि आधारभूत बिद्यालयमा ब्यावस्थापन समिति चयन

बैशाख १५ गते । दुहबी नगरपालीका वडा नम्बर ४ मा सन्चालीत बि पि आधारभूत बिद्यालयमा ब्यावस्थापन समिति चयन भएको छ ।

दुहबी नगरपालीका शिक्षा शाखा अधिकृत बिकास घिमिरेको अध्यक्षता र दुहबी नगरपालिका वार्ड नम्बर ४ का अध्यक्ष मुस्तकिम मियाको प्रमुख आतिथ्यमा सनिबार बसेको बैठकले बिद्यालय अबिभावक मध्येबाट ४ जनालाइ सर्वसम्मत सदस्य पदमा चयन गरेको हो ।

 

बैठकले सिफारिस गरेका ४ जना मध्य तैयब मिया,रंजित चौधरी,सकिना खातुन, र आरति सरदार रहेका छन् ।

पृथक ढंगले गुणस्तरीय शिक्षा प्रदान गर्न सफल दुहबी नगरपालीकामै एक एतिहासिक रूपले अगाडी बढिरहेको बिपी आधारभूत विद्यालयमा सनिबार अभिभावकहरुको भेलाबाट सर्वसहमत रूपमा विद्यालय व्यवस्थापन समिति छनौट भएका हुन् ।

स्थानीयले सोचेअनुसारको काम गर्न नयाँ कार्यसमितिलाई आग्रह गरेका छन् ।

दुहबी नगरपालिका वार्ड नम्बर ४ का अध्यक्ष मुस्तकिम मियाले आफ्नो कार्यकालमा अधुरा र अपुरा भएका कामहरु अव नयाँ कार्यसमितिले पुरा गर्न समेत अनुरोध गर्दै समितिलाई आफुबाट चाहिएको सहयोगमा आफु सहयोग गर्न पछि नपर्ने बताए ।

हाल नयाँ कार्यसमिति अध्यक्ष मियाले अघिल्ला कार्यकालमा अधुरा भएका कामहरुलाई पुरा गर्नको लागि निरन्तर लागि पर्ने अध्यक्ष मियाले जानकारी दिनुभयो ।

छनौट भएका सदस्यहरुलाइ प्रमुख अतिथि मुस्तकिम मिया र शिक्षा शाखा अधिकृत बिकाश घिमिरेले अबिर लगाइ सम्मान साथै बधाइ तथा सुभकामना ब्यक्त गरेका थिए ।