दुहबी ८ छैठौ मेयरकप फुटबल प्रतियोगिता को सेमिफाइनलमा प्रबेश

 सुनसरीको दुहबी नगरपालिका ले आयोजना गरेको छैठौ मेयरकप फुटबल प्रतियोगिता मा आज भएको खेलमा दुहबी वडा नम्बर ८ सेमिफाइनल मा प्रबेश गरेको छ ।
श्री सरस्वती माबिको खेलमैदानमा जरि खेलमा आज सोमबार दुहबीनगरपालिका  वडा नम्बर ८ र वडा नम्बर ९ बिच प्रतिस्पर्धाभएको हो ।
खेल सुरु भए लगतै दुहबी वडा नम्बर ८ का खेलाडी सबिन रिजालले एक गोल गरी आफ्नो टिमलाइ १-० ले अग्रता दिलाएका थिए । खेलको ३२ औ मिनेटमा दुहबी ८ का अर्का खेलाडी जर्सि नम्बर ९ का सन्तोष चौधरीले एक गोल गरी २-० अन्तर ले आफ्नो टिमलाइ अग्रता दिलाए ।
मध्यान्तर समय पछि दुहबी ८ का जर्सि नम्बर ९ का खेलाडी सन्तोष चौधरीले पुन १ गोल गरि ३-० गोल बनाउन सफल भए । पुन : दुहबी ९ का खेलाडी जर्सि नम्बर ११ का जाहिरले १ गोल गरेर आफ्नो टिमलाइ ३ -१ गोलको अन्तर अगाडी बढाए  । तसर्थ दुहबी ८ ले ३-१ गोल अन्तरले अग्रता लिदै सेम्फाइनलमा प्रबेश गर्न सफल भयो ।
खेलको म्यन अफ द म्यच दुहबी ८ का शंतोष चौधरी ले रु २ हजार र मेडल प्राप्त गरेका थिए। प्रमुख अतिथि दुहबी ९ र ८ का वडा अध्यक्ष मेहेदि हुसैन र तारिक चन्द सरदारले मेडल र नगद रकम बितरण गरेका थिए। भोलि को क्वाटरफाइनल खेल दुहबी ३ र ६ बिच हुने आयोजक दुहबी नगरपालिकाले जनाएको छ  ।