मेयरकप फुटबलको उद्घाटन खेलमा दुहबी वार्ड न.९क्वाटरफाइनलमा

बैशाख ६ गते । सुनसरीको दुहबीमा आज बिहिबार देखि जारी छैठौ मेयर कप नक आउट फुटबल प्रतियोगिताको उदघाटन खेलमा दुहबी वार्ड न. ९ क्वाटरफाइनलमा प्रबेश गरेको छ ।

सुनसरीको दुहबी ५ अवस्थित श्री सरस्वती माध्यमिक बिद्यालयको खेलमैदानमा जारी प्रतियोगिता अन्तर्गत आज बिहिबार भएको पहिलो प्री क्वाटर फाइनलखेलमा दुहबी वार्ड न. ९ ले दुहबी १२ लाइ १–० गोलान्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

दुहबी वार्ड न.९का जर्सि नम्बर ५ का खेलाडी मोहित मियाले मध्यान्तर पछि पहिलो गोल गर्दै आफ्नो टिमलाइ अग्रता दिलाएका थिए ।

खेलको निर्धारित समय भित्र थप कसैलेपनि गोल गर्न नसके पछि दुहबी वार्ड न.९ले क्वाटरफाइनलमा प्रबेश गर्न सफल बनेको हो ।

खेलको म्यान अफद म्याच दुहबी ९ का खेलाडी मोहित मिया घोषित भए । प्रमुख अतिथि दुहबी नगरपालिकाका नगर प्रमुख बेदनारायण गच्छादारले उनलाइ नगद २ हजार तथा मेडल प्रदान गरे ।

समुदघाटन खेलका प्रमुख अतिथी दुहबी नगर प्रमुख गच्छदाले खेलको समुदघाटन गर्दै स्थानीय स्तरमा ब्यबसायिक खेलाडी उत्पादन गर्न सक्दो सहयोग गर्ने जनाए ।

प्रतियोगिताको उद्घाटन दुहबी नगरपालिकाका नगरप्रमुख गच्छदारले गरेका थिए । उद्घाटन गर्दै उनले विकाससँगसँगै अन्य क्रियाकलापपनि आवश्यक रहेकोले प्रतियोगिता आयोजना गरिएको बताए ।
उनले आगामी दिनमा नगरमा खेलकुट विकासका लागि विशेष बजेटसमेत छुट्याइने प्रतिबद्धता व्यक्त गरेका थिए ।

सबल ,सक्षम र अनुशासित युवा उत्पादन गर्न साथै दुहबी नगरपालीका भित्रका फुटबल खेलाडिहरुलाइ ब्यावसायिक र आत्मनिर्भर बनाउन आफु हृदय देखिनै लागेको र अठोटका साथ देखेको सपना पुरा गरेरै छाड्ने नगरप्रमुख गच्छदारले बताए ।

नगर प्रमुख गच्छदारले हाल देश आर्थीक संकटमा रहदा फिफाले समेत खेल सन्चालन गर्न नसकेको अबस्थामा दुहबी नगरपालीकालाइ महालेखा परीक्षकले मन्त्रीस्तरिय निर्णय सहितको ४५% सरकारी अनुदान कटौति गरेको पत्र पठाउदा समेत प्रतिकुल अबस्थामा पनि युवाहरुको भावनालाइ कदर गर्दै खेल सन्चालन गरेको जनाए ।

नगर प्रमुख गच्छदारले नगरको विकाससँगै खेलकुदको विकासमा पनि उत्तिकै जिम्मेवार रहेको जानकारी दिँदै प्रतियोगितामा खेलाडीलाई आवश्यक परेको खण्डमा थप सहयोग गर्ने प्रतिवद्धता पनि जनाए ।

दुहबी नगरपालिकाका नगर प्रमुख गच्छदारले ग्रासरुटबाटै स्थानीय खेलाडी उत्पादन हुने र दुहबीमा २२ करोडको लागतमा दुहबी रंगशाला निर्माणाधिन अवस्थामा रहेको जानकारि दिंदै दुहबबीमा चाडैं फुटबल एकेडेमीको स्थापना गर्ने समेत गन नगर प्रमुख गच्छदारले बताए ।

उनले स्थानीय स्तरमा हुने प्रतियोगिताले खेलाडीलाई अगाडी बढ्न हौसला मिलेको समेत बताए । भोलिहुने प्री क्वाटरफाइनलखेल दुहबी वार्ड न. ३ र १ बिच दिउसो ३ हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा प्रथम हुने वडाको टिमले उपाधीसहित नगद १ लाख २५ हजार २ सय बाईस नगद तथा शिल्ड मेडल प्राप्त गर्नेछ भने उपबिजेता टिमले ७५ हजार २ सय २२ तथा शिल्ड मेडल प्राप्त गर्नेछ । प्रतियोगिता संचालनका लागि दुहबी नगरपालिकाद्वारा ११ लाख रुपैया विनियोजित गरिएको छ । उक्त मेएरकप फुटबल प्रतियोगिता दुहबि नगरपालिकाको आर्थिक संयोजनमा संचालन भइरहेको नगरपालिकाले जनाएको छ ।