मेयरकप फूटबल प्रतियोगिताको लागि दुहबी ६ का खेलाडीहरुलाइ खेलकुद सामाग्री प्रदान

बैशाख ४ गते । मेयरकप फूटबल प्रतियोगिताको लागि दुहबी नगरपालिका वडा नं ६ का खेलाडीहरुलाइ खेलकुद सामाग्री प्रदान गरेको छ ।

छैठौ मेयरकप फूटबल प्रतियोगिताको लागि वडा नं ६ का खेलाडीहरुलाइ दुहबी नगरपालिका वडा नं ६ का वडा अध्यक्ष घनश्याम हलुवाईले मेयरकप फुटबल खेल्ने खेलाडीहरुलाई खेलकुद सामाग्री प्रदान गरेको हो ।

दुहबीमा बिहिबार देखि शुरु हुने मेयरकप वडास्तरीय फुटबल प्रतियोगितामा सहभागिता जनाउने खेलाडीहरुलाई मंगलबार एक कार्यक्रमकाबीच खेलकुद सामाग्री प्रदान गरिएको वडा नं ६ का वडा अध्यक्ष घनश्याम हलुवाईले जानकारी दिएका छन् ।

वडा नं ६ का वडा अध्यक्ष घनश्याम हलुवाईले खेलाडीलाई प्रतियोगिताको लागि आवश्यक जर्सी, ट्र्याक, जुराफ र बुट प्रदान गरेका हुन् ।

उनले वडाको विकाससँगै खेलकुदको विकासमा पनि वडा उत्तिकै जिम्मेवार रहेको जानकारी दिँदै प्रतियोगितामा खेलाडीलाई आवश्यक परेको खण्डमा थप सहयोग गर्ने प्रतिवद्धता पनि जनाए ।

उनले स्थानीय स्तरमा हुने प्रतियोगिताले खेलाडीलाई अगाडी बढ्न हौसला मिलेको समेत बताए ।