अझै पनि इलाम दुईमा न्युनतम आवश्यकता पुरा हुन नसक्ने गुनाशो आउने गरेको उम्मेद्धार खड्काको भनाई

इलामका बिभिन्न वडाका बासिन्दाले अझै पनि सडक, स्वास्थ्य र शिक्षा मागिरहेको इलाम क्षेत्र नम्बर दुई उपनिर्वाचनमा नेपाली काँग्रेसका उम्मेद्धारले बताएका छन् ।

इलाम नगरपालिका वडा नम्बर तीनमा भएको कार्यक्रममा सम्बोधन गर्दै उनले वर्षौँ सम्म एउटै उम्मेद्धारले जितेर गए पनि विकास नभएको भन्दै स्थानीयले गुनासो गर्ने गरेको बताएका हुन् ।

अझै पनि जनताले न्यूनतम आवश्यकता पुरा गर्न नसकिरहेकाले समस्यामा रहेको उनको भनाई छ

। त्यस्तै पूर्व जिल्ला सभापति केशव थापाले नेपाली काँग्रेसले इलाम क्षेत्र नम्बर दुईमा डम्बर खड्कालाई साझा उम्मेदवार बनाएकाले सबै मिलेर जिताउनु पर्ने बताए ।

उनले यस अघि जे भए पनि नेपाली काँग्रेस इलाम एक ढिका भएर पार्टीले उठाएका उम्मेदवार जिताउन लाग्नु पर्ने उनको भनाई छ । कार्यक्रममा महासमिति सदस्य भेषराज आचार्यले गाउँ गाउँ गएर खट्ने पार्टीका नेतालाई धन्यवाद दिँदै अझै गाउँमा नेपाली काँग्रेसका उम्मेद्धारलाई मत माग्न आग्रह गरे । उनले अब काँग्रेस एक ढिक्का भएर इलाम क्षेत्र नम्बर दुईबाट डम्बर खड्कालाई जिताउनु पर्ने धारणा राखे ।

कार्यक्रममा पार्टी जिल्ला कार्यवाहक सभापति खगेन्द्र देवानले पहिले बाबुलाई जिताएको, अहिले छोरालाई जिताउनु पर्ने गर्दै जाँदा अब नातिलाई जिताउने दिन आउने भन्दै यस क्षेत्रका जनता सचेत हुनु पर्ने धारणा राखे ।

नेपाली काँग्रेस इलामले इलाम नगरपालिका एक नम्बर नेपालटार पछि पुवा मझुवामा चुनावी सभा राखेको थियो । कार्यक्रममा स्थानीय सयौँको सङ्ख्यामा स्थानीय भेला भएका थिए ।