सोनापुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि इटहरी फुटबल क्लबले जिते

। तेस्रो संस्करणको सोनापुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि इटहरी फुटबल क्लबले जितेको छ ।

सुनसरीको दुहबी नगरपालिका–८ मा आइतबार सम्पन्न फाइनलमा आयोजक मेमोरी युवा क्लबलाई ४–१ गोल अन्तरले पराजित गर्दै इटहरीले उपाधि जितेको हो ।

उपाधिसंगै इटहरीले नगद २ लाख ११ हजार पुरस्कार पाएको र उपविजेता आयोजक मेमोरी युवा क्लबले १ लाख ५५ हजार रुपैयाँमा चिक्त बुझायो ।

इटहरीको जीतमा बिदेशी खेलाडी सुवाङले २ तथा कुलदिप कार्की र उमेश कार्कीले एक एक गोल गरे । आयोजकका तर्फबाट असिम राईले एक गोल फर्काए । खेलको सुरुवातदेखि नै आयोजकलाई दबाबमा राखेको इटहरीको तर्फबाट १५ औं मिनेटमा कुलदिपले गोल गरेर अग्रता कायम गरेका थिए ।

२४ औं मिनेटमा बिदेशी खेलाडी यामीको पासमा सुवाङले गोल गर्दै इटहरीलाई २–० को अवस्थामा ल्याए । ३३ औं मिनेटमा समिर राईले उपलब्ध गराएको पासलाई सदुपयोग गर्दै उमेश गोल गरेपछि इटहरीले पहिलो हाफमै ३–० को स्पष्ट अग्रता लियो ।

प्रतिष्पर्धात्मक दोस्रो हाफको ५ औं मिनेटमा आयोजकका असिमले गोल फर्काए पनि त्यो जीतका लागि पर्याप्त हुन सकेन । खेलको अन्तिम चार मिनेटको अतिरिक्त समयमा मनिष भण्डारीको पासमा सुवाङले व्यक्तिगत दोस्रो गोल गरेपछी इटहरीले ४–१ को सहज जीत हात पारेको हो ।

पहिलो सेमिफाईनल खेलमा इटहरीले दमक फुटबल एकेडेमी, झापालाई ३–० गोल अन्तरले हराउँदै फाइनल खेलेको हो भने आयोजक मेमोरीले बर्दिवास नगर क्लब बर्दिवासलाई ५–० ले पराजित गर्दै इटहरीसँगको उपाधि भीडन्त पक्का गरेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि दुहबी नगरपालिकाका नगरप्रमुख बेदनारायण गच्छदारले  खेलाडिहरुलाइ जितको सुभकामना दिदै बिष्नुमाबिको खेलमैदानले लामो समयपनि जिर्णोदार हुदै नया जिबन पाएको बताए ।

फुटबल खेलाडी को उर्बरभुमिका रुपमा रहेको दुहबी नारपालीका एन्फा लगायत्ले आर्थिक तरलताको कारण खेल संचालन गर्न नसकेको बताइ रहदा पनि दुहबीले खेलकुद मा ठुलो रकम खर्चिएर प्रतियोगिता संचालन गर्दै आएको जनाए। सोनापुर खेलमैदान, भलुवा खेल मैदान र दुहबी ४ को खेलमैदान बारे चर्चा गर्दै प्रमुख अतिथि गच्छादारले खेलकुद बिकास बबोर्ड कोशि प्रदेश सदस्य सचिव हंस रज वाग्लेलाइ दुहबी लाइ खेलकुद हव बनाउन आवस्यक बजेट लगायत सहयोगको पहल गर्न अनुरोध गरेका थिए । कार्यक्रमा बिभिन्न कालखण्ड देखि फुट्बल जगतमा महत्वपुर्ण योगदान गर्ने दिलिप राइ लगायत ब्यक्ति हरुलाइ सम्मान गरिएको सचिव पन्च नारायण चौधरीले जानकारी गराए ।

विजेता तथा उपविजेता खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि दुहबी नगरपालिकाका नगरप्रमुख बेदनारायण गच्छदार, उपप्रमुख मेनुका खतिवडा, कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्ले लगायतले पुरस्कार बितरण गरे ।