तेश्रो सोनापुर गोल्डकपमा आयोजक मेमोरी यूवा क्लब सेमिफाईनलमा प्रवेश

। सुनसरीको दुहवीमा जारी तेश्रो सोनापुर गोल्डकप फुटबल प्रतियोगितामा आयोजक क्लब मेमोरी यूवा क्लब सोनापुर सेमिफाईनलमा प्रवेश गर्न सफल भएका छन् ।

 

मंगलबार भएको चौथो क्वाटर फाईनल खेलमा आयोजक क्लब मेमोरी यूवा क्लबले हिम कस्तुरी फुटबल क्लब लहानलाई २–१ गोलको अन्र्तरले आयोजक क्लब सेमिफाईनल खेलमा प्रवेश गरेका छन् ।

आयोजक क्लबका खेलाडी बिजय भुजेलले ५२ मिनेटमा १ गोल र असिम राईले ७० औं मिनेटमा १ गोल गरेका थिए भने हिम कस्तुरी फुटबल क्लब लहानका खेलाडी शुनिल खड्काले अतिरिक्त्त समयमा १ गोल गरी २–१ गोलको अन्र्तरले आयोजक क्लब जित हात परी सेमिफाईनल खेलमा प्रवेश गरेका थिए  ।

खेलको म्यान अफ द म्याच आयोजक क्लबका खेलाडी असिम राई भए उनलाई नगद रु ३ हजार १ सय सहित मेडल मो.हाजी अब्दुल मियाले  प्रदान गरेका  थिए ।

 

बुधबार हुने पहिलो सेमिफाईनल खेल दमक एकेडेमी झापा विरुद्ध इटहरी क्लब सुनसरी विच दिउँसो ४ बजे श्री बिष्णु मा। विको खेल मैदानमा हुने आयोजक मेमोरी यूवा क्लब सोनापुरका अद्ययक्ष  खडक मांझीले जानकारी गराए । प्रतियोगितामा विजेता टिमले नगद रु २ लाख ११ हजार  सहित ट्रफी, मेडल र प्रमाण पत्र पाउने छन् भने उपविजेताले नगद रु १ लाख ५ हजार ५ सय सहित ट्रफी, मेडल र प्रमाण पत्र पाउने आयोजकले जनाएका छन्  ।