सोनापुर गोल्डकपमा दमक फुटबल एकेडेमी सेमिफाइनलमा

। सुनसरीको दुहवी ८ सोनापुरमा सोनापुर गोल्डकप प्रतियोगितामा सनिबार भएको उद्घाटन खेलमा दमक फुटबल एकेडेमी झापा सेमिफाइनल खेलमा प्रवेश गरेका छन् ।

मेमोरी यूवा क्लब द्धरा आयोजना गरीएको तेस्रो सोनापुर गोल्डकप प्रतियोगितमा दमक फुटबल एकेडेमीका खेलाडी अशोक राईले १९ औं मिनेटमा १ गोल गरी गोल्डेन स्टार क्लब सुनसरीलाई १–० गोलको अन्र्तरले दमक फुटबल एकेडेमी सेमिफाईनल खेलमा प्रवेश गर्न सफल भएका छन् ।

तेस्रो सोनापुर गोल्डकप प्रतियोगिताको दुहवी नगरप्रमुख वेदनारायण गच्छदारले उद्घाटन गर्दै देशमा आर्थिक समस्याको कारणबाट नेपालमै एउटा राष्ट्रि रंगशला मर्मत गर्न नसक्नु हाम्रो कतिको दुर्भाग्य रहेको स्मरण गराउदै तर दुहवी नगरपालिकाले खेलकुद गराउन दुहवी वडा न ४ मा २२ करोडको लागतमा निर्माण भईरहेको रंगशला निमार्ण भइ रहदा पनी भलुवा खेल मैदान र विष्णु मा वि को खेल मैदानलाई पनि स्तर उन्नती गरी विक्लपमा राखिएको बताए ।

बिगत २ वटा गोल्डकप अर्काको जग्गामा सम्पन्न गरेको र त्यहा गरेको मेहनत, त्यहा गरेको लगानी गोल्डकप सक्ने वितिकै त्यसको औचित्य पनी सकेको थियो तर सोनापुर ले कामाएको इतिहासलाई पुनरजिबित गर्न का लागी नगरपालिकाले २५ लाखको बजेटमा दुहवी ८कै बिष्णु माध्यमिक बिद्यालयको प्राङ्गनलाई घेराबेरा तथा स्टेज निमार्ण गरी दुहवीका युवाहरुलाई खेल प्रति आर्कषण गरेको नगरप्रमुख गच्छदारले बताए ।

सोनापुर गोल्डकप सम्पन्न लगतै मेयर कप र भलुवा गोल्ड कप सञ्चालन हुने हुदाँ खेलाडीहरुलाई उत्साहित गर्नको लागी नगरपालिको सक्दो सहयोग गर्ने दुहबी नगरप्रमुख गच्दारले बताए । दमक फुटबल एकेडेमीका खेलाडी अशोक राई म्यान अफ द म्याच घोसित हुँदा उन्लाई नगर प्रमुख गच्छदारले ३ हजार १ सय नगद प्रदान गर्नुका साथै मेडल प्रदान गरेका थिए ।

आइतबार दोस्रो क्वाटरफाई खेल पथरी ११, फुटबल क्लब मोरङ्ग विरुद्ध बर्दिबास नगर क्लब बर्दिबास बिच दिउँसो २ बजे श्री बिष्णु मा. विको खेल मैदानमा हुने आयोजकले जानकारी गराए ।

प्रतियोगितामा विजेता टिमले नगद रु २ लाख ११ हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र पाउने छन् भने उपविजेताले नगद रु १ लाख ५ हजार ५ सय सहित ट्रफी, मेडल र प्रमाण पत्रमा पाउने आयोजकले जानकारी दिए ।