हरिनगरमा झडप, दर्जन बढी हवाई फायर, गोलीको खोकाले लागेर दुई जना घाईते र प्रहरी सहित अन्य ३० बढी घाईते

गते । सुनसरीको सीमावर्ती हरिनगर गाउँपालिकामा विहीबार भएको एक युवा माथिको सामूहिक आक्रमणको घटानले शुक्रबार दिनभर नै तनावग्रष्त रहयो ।

स्थानीयहरुले घटनाको विरोध र समर्थनमा नाराबाजी र पर्दश्नमा उत्रेपछि विहानैदेखी हरिनगर १ र २ रामनगरभुटाहामा दुई समूहका बीचमा झडप भएको छ । विहान प्रहरी कम भएकाले दुई समुदाय एकले अर्कालाई लखेट्ने कार्य गर्दा झडप भएको थियो भने मध्यान १२ बजेपछि कफ्यु लगाएपछि प्रहरी र स्थानीय बीचमा झपड हुदाँ प्रहरीले दर्जन बढी हवाई फायर अश्रु ग्यास प्रहार गरेको थियो । उक्त झडपमा हरिनगर गाउँपालिका ४ का २१ वर्षिय जितेन्द्र यादव र सोही गाउँका २२ वर्षिय मुकेश मेहतालाई गोलीको खोकाले लागेर घाईते भएका छन् । उनीहरु मध्ये यादवको ढाडमा र मेहताको हातमा गोली लागेको स्थानीय धर्मबिर आर्यले जानकारी दिनुभयो ।

आर्यका अनुसार प्रहरी र मुस्लिम युवाहरुको कुटपिटबाट दर्जन बढी युवाहरु घाईते भएका छन् । निषेधाज्ञा अवज्ञा गरेर आन्दोलनमा उत्रेकाहरुलाई स्थिती नियन्त्रणमा लिन केही सेल अश्रु ग्यास प्रहार गरेको र हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिनुभयो ।

आफूहरुले कोही सकैलाई ताकेर गोली नचलाएको बताउनुभयो । तर झडपमा नेपाल प्रहरी तर्फ आफू सहित १५ जना र सशस्त्र प्रहरी निरीक्षक उमेश काफ्ले सहित चार जना गरि १९ जना सुरक्षाकर्मी घाईते भएको बताउनुभयो । प्रहरी तर्फका घाईतेहरुमा प्रहरी निरीक्षक महेश भट्टराई, प्रहरी सहायक निरीक्षक पुष्पलाल अधिकारी, प्रहरी सहायक हवलदार सन्तोश रिजाल, जवान सुजन राई, नागेन्द्र राई, सञ्जयकुमार यादव, दोर्जी शेर्पा, विपिन श्रेष्ठ, पिकीकुमार मण्डल, राकेश राई, किकंकग राई, बिरबहादुर श्रेष्ठ, सुजन कुमार दनुवार रनहुभएको छ । त्यसैगरी सशस्त्र प्रहरी तर्फ सशस्त्र प्रहरी निरीक्षक उमेश काफ्ले ,जवान सुजन लिम्बु, भिम राई सतिह चार जना रहनुभएको छ । गोली लागी घाईतेको कोशी अस्पताल विरानगर र केहीको इनरुवा अस्पताल तथा प्राथमिक स्वास्थ्य केन्द्र हरिनगरमा उपचार भईरहेको छ ।

घटना स्थलमा रहनुभएका जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक नवीनकृष्ण भण्डारीले गोली नचलाएको तर हवाइं फायर मात्रै गरेको प्रतिकृया दिनुभयो । उहाँले घाईतेहरुको नाम नखुलेको र सामान्य घाईते भएको प्रतिकृया दिनुभयो ।

आन्दोलनमा उत्रेका समूहको भिडले गरे गाउँपालिकामा तोडफोड र क्षती

यसैबिच आनदोलमा उत्रेको एक समूहले हरिनगर गाउँपालिकाको कार्यालयमा शुक्रबार टोडफोड गरेको छ । आन्दोलनकारीहरुले गाउँपालिकाको कार्यालयको प्रवेशद्धारमा रहेको होर्डिग बोर्ड, प्रमुख प्रशासकिय अधिकृत, शिक्षा अधिकृत, सूचना अधिकृत, प्रशासन प्रमुखको कार्यकक्ष सहित गरेर ११ वटा झ्याल टोडफोड गरेको हो । युवाहरुको समूहमा आएको हुलले २० वटा कुर्सी, डिजिटल बोर्ड, फर्निचर र एलसीडि, दुई वडा मोडरसाईकलमा टोडफोड गरेर क्षती गरेको गाउँपालिकाका अध्यक्ष गफार अंसारीले जानकारी दिनुभयो । अन्सारीले विहीबार भएको हरिनगर ३ का युवा जीवन मेहता माथिको सामूहिक आक्रमण र शुक्रबार भएको गाउँपालिकाको तोडफोडको घटनाको निन्दा गर्नुहुदै सबैलाई समयम्ति हुन आग्रह गर्नुभएको छ । अंसारीले आन्दोलनको नाममा भएको सरकारी सम्पतीको क्षतीले आफू दुखित भएको प्रतिकृया दिनुभयो । घटनाहरुमा दोषी जो सुकै भएपनि कार्वाहीको दायरामा ल्याउनुपर्ने बताउनुभयो । विहान मुस्लिमहरुको ज्यादती भन्दै स्थानीय हिन्दु समुदायका स्थानीयहरुले न्यायको माग गर्दै शान्तीपूर्ण पर्दशन गरेका थिए । त्यसको विरुद्ध फेरी मुस्लिमहरुले पनि अर्को तर्फ पर्दशनमा उत्रेकाले विवाद चर्कने र झडप हुने अवस्था भएको थियो ।
त्यसलाई नियन्त्रणमा लिन छ सेल अश्रु ग्यास प्रहार गरेको थियो ।


उता नेपाल यादव सेवा समिति सुनसरीका महासचिव मनोजकुमार यादवले एक विज्ञप्ती जारी गर्नुहुदै सुनसरीको सीमावर्ती हरिनगर गाउँपालिकामा २०८० चैत २२ गते विहान ११ बजेको समयमा भएका हरिनगर गाउँपालिका १ रामनगर भुटाहा बजारमा एक युवा माथि भएको आक्रमण प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । हरिनगर ३ का जिवन मेहतामाथि भएको सामूहिक आक्रमणको घटनाले समग्र शान्तीसुरक्षामाथि ठाडो चुनौती र कानुनलाई हातमा लिएर गरेको अमानवीय व्यवहार तथा घटनाले समुदायका बीचमा रहेको आपसी सदभाव, भाईचारा र एकतालाई खलल पार्ने देखिएकाले यसमा सरकारको गम्भिर ध्याकार्षण गराउदै घटनाको सुक्षम छानविन गरि दोषीलाई कार्वाहीको दायरामा ल्याउनुपर्ने माग गर्नुभएको छ । यादवद्धारा जारी विज्ञप्तीमा आक्रमणबाट घाईते भई धरान स्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत्त जीवन मेहताको स्वास्थ्य लाभको कामना समेत गर्नुभएको छ ।
हरिनगर सहित पाँच गाउँपालिकामा कफर्यु आदेश हरिनगर गाउँपालिका भरी शुक्रबार मध्यान गरेको कफर्यु आदेश जारी गरेको छ । विभिन्न स्थानीय तहमा पनि विरोध पर्दशनलाई ध्यानमा राखेर सुनसरीका का.मु. प्रमुख जिल्ला अधिकारी वेदराज फुयालले पाँच गाउँपालिकामा थप निषेधित क्षेत्र घोषणा गरेको हो । फुयालले शुक्रवार मध्यान १२ बजेदेखी हरिनगर सहित देवानगञ्ज, भोक्राहा नरसिंह, कोशी गाउँपालिका र देवानगञ्ज गाउँपालिकामा अनिश्चितकालिन कर्फ्यू लगाइएको जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालय सुनसरीले तोकिएको क्षेत्रमा आवतजावत गर्न, भेला हुन तथा कुनै पनि खालका क्रियाकलाप गर्न नपाउने गरी स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (क) बमोजिक कर्फयु आदेश जारी गरेको हो । चैत २२ गते विहीबार हरिनगर गाउँपालिका ३ का जिवन मेहता माथि भएको आक्रमण र त्यसपछिको असहज झडपको अवस्थालाई ध्यानमा राखेर शुक्रबार मध्यानबाट अनिश्चितकालिन कफ्र्यु जारी गरिएको कामु प्रमुख जिल्ला अधिकारी वेदराज फुयालले जानकारी गराउनुभएको छ । फुयालका अनुसार थप इनरुवा नगरापलिकामा सीमाक्षेत्र भित्रपनि कफ्र्यु आदेश जारी गरिएको छ ।
कफ्र्यु आदेश विपरीत भए गरिएको पाइएमा सुरक्षाकर्मीले आवश्यकता अनुसार बल प्रयोग गरी कारबाही समेत गर्न सकिने कामु प्रजिअ फुयालले जानकारी दिनुभयो ।
घटनाको कारण

सुनसरीको हरिनगर गाउँपालिका ३ का जीवन मेहताले जनवरी २५ तारिकमा आफ्नो गाउँमा हिन्दु संस्कारको रातो श्रीराम लेखिएको झण्डा र ओम नमो शिवायको झण्डा अज्ञान पक्षले खोलेर फ्याकेको विरोधमा आफूले पनि कुरान किनेर जलाउन सक्ने विवाति अभिव्यक्ति फेसबुकमा दिनुभएको थियो । सोही जीवन मेहतालाई विहीबार हरिनगर गाउँपालिका १ रामनगर भुटाहाका मुस्लिम युवाविधार्थीहरुको समूहले लेखटीलखेटी मर्नासन हुने गरि आक्रमण र कुटपीट गरेका थिए । मेहताको उपचार धरान स्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भईरहेको अवस्थामा शुक्रबार विहान सोही विषयलाई लिएर हिन्दु समुदायका केही व्यक्तिहरुले दोषी माथि कार्वाहीको माग गर्दै पर्दशन गरेका थिए । सोही क्रममा अर्को तर्फ मुस्लिम युवाहरुले पनि त्यसको विरुद्धमा नाराबाजी गरेका थिए । उक्त नाराबाजीले उग्र रुप लिदाँ समस्या भएको थियो ।

पत्रकार माथि हातपात र क्यामरामा क्षती

हरिनगर गाउँपालिका ७ घुस्की निवासी २७ वर्षिय पत्रकार ब्रहमदेव मेहतामाथि आन्दोलनको रिर्पोटिंगको त्रममा हातपात र क्यामरामा क्षती भएको छ । मेहता हरिनगर गाउँपालिका २ को मरिया खोला पुलमा रिर्पोटिंगको क्रममा रहेको बेला हरिनगर २ का ३५ वर्षिय फिरोज अंसारी, २७ वर्षिय दिलसाद सिद्धिकि, २६ वर्षिय समसिर अंसारी सहितले क्यामेरा फुटाएको र लेन्समा क्षती हो । पीडित पत्रकार मेहताका अनुसार आफूले नमो अनलाईनमा दोहोरो झडपको लाईभ गरिहेको अवस्थामा आफ्नो क्यामेरा फुटाएको र लेन्समा क्षती गरी हातपात गरेको छ । उता पत्रकार रविन्द्र यादव माथि पनि हातपात र मोवाईख खोसिएको छ । पत्रकार जुगेश दास सहितका केही पत्रकारलाई समाचार संकलनमा अवरोध गरेको छ ।