हरिनगर गाउँपालिका भरी कफर्यु आदेश जारी

चैत २३ गते । सुनसरीको सीमावर्ती हरिनगर गाउँपालिका भरी कफर्यु आदेश जारी गरेको छ ।

विहीबार भएको एक युवा माथिको सामूहिक आक्रमणको विषयलाई लिएर शुक्रबार विहानैबाट भएको विरोध पर्दशनलाई ध्यानमा राखेर सुनसरीका का.मु. प्रमुख जिल्ला अधिकारी वेदराज फुयालले निषेधित क्षेत्र घोषणा गरेको हो ।

फुयालले शुक्रवार मध्यान १२ बजेदेखी अनिश्चित कालिन कर्फ्यू लगाइएको जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालय सुनसरीले शुक्रबार मध्यान १२ बजेटबाट तोकिएको क्षेत्रमा आवतजावत गर्न, भेला हुन तथा कुनै पनि खालका क्रियाकलाप गर्न नपाउने गरी स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (क) (१) बमोजिक कर्फयु आदेश जारी गरेको हो ।

चैत २२ गते विहीबार हरिनगर गाउँपालिका ३ का जिवन मेहता माथि भएको आक्रमण र त्यसपछिको हरिनगर गाँउपालिकामा दुई समुदायका बिचमा असहज झडपको अवस्थालाई ध्यानमा राखेर शुक्रबार मध्यानबाट अनिश्चितकालिन कफ्र्यु जारी गरिएको कामु प्रमुख जिल्ला अधिकारी वेदराज फुयालले जानकारी गराउनुभएको छ । फुयालका अनुसार हरिनगर गाउँपालिकाको १ देखी ७ नम्बर वडासम्म सबै र देवानगञ्ज गाउँपालिका १ मध्हर्साही र देवानगञ्ज गाउँपालिका ७ राजगंज सिनुवारी सीमाक्षेत्र भित्र कफ्र्यु आदेश जारी गरिएको हो ।

कफ्र्यु आदेश विपरीत भए गरिएको पाइएमा सुरक्षाकर्मीले आवश्यकता अनुसार बल प्रयोग गरी कारबाही समेत गर्न सकिने कामु प्रजिअ फुयालले जानकारी दिनुभयो ।

फोटो -जुगेसबाबु दास

बिहीबार मुस्लिम युवाहरुको आक्रमणमा घाइते भएका हरिनगर गाउँपालिका ३ का जिवन मेहताको धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइहरेको छ । भीडलाई नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास र हवाई फायर समेत गरेको छ ।