रोजगारीको अवसर प्रदान गर्न दुहबीमा तेश्रो रोजगार मेला हुने

। रोजगारीको अवसर प्रदान गर्न दुहबी नगरपालीकाको आयोजनामा तेश्रो रोजगार मेला हुने भएको छ ।


दुहबी नगरपालीकाको आयोजनामा नेपाल सरकार र स्विटजरल्याण्ड सरकारको द्विपक्षिय परियोजना दिगो तथा सम्मानित रोजगारीका लागी सिप र स्टेप अप परियोजना आसमान नेपालको सहयोगमा २ दिवसिय रोजगार मेला २०८० आयोजना गरिने भएको हो ।
दुहबी नार प्रमुख बेदनारायण गच्छादारले चैत्र २४ र २५ गते बृत्ति मार्ग निर्देशन तथा रोजगार मेला आयोजना गर्न लागिएको जानकारी गराएका छन ।
दुहबी नगरपालीकाले खाली गराएको प्लटमा आउदो सनिबार बिहान १० बजे उक्त मेलाको उद्घाटन गरिने नगर प्रमुख गच्छादारले जानकारी दिए ।
नेपाल सरकारको समृद्द नेपाल, सुखि नेपाली र प्रतेक बर्ष श्रम बजारमा आउने ५ लाख युवालाइ रोजगारी उपलब्ध गराउने लक्षयलाइ इंकित गर्दै दुहबी नगरपालीका भित्रका युवा बेरोजगार हरुलाइ स्थानिय उद्योग, ब्यावसाय, पर्यटन, होटल ब्यावसाय, शिक्षा,स्वास्थ्य लगायतका क्षेत्रमा रोजगार उपलब्ध गराउने उदेश्यले बिगतमा भन्दा फरक हिसाबले यो बर्ष रोजगार मेला आयोजना गर्न लागिएको बताए ।
नगर प्रमुख गच्छादारले यस पटक बिभिन्न क्षेत्रका रोजगार दाताहरुले म्यानेजर, इन्जिनियर, स्टाफ नर्स देखि अफिस ब्वाइ सम्म ८ सय भन्दा बढिको रोजगार माग भै आएको हुदा दुहबी नगरपालीका भित्रका बेरोजगार युवायुवती हरुले उक्त मेलाबाट लाभ लिन हुन आग्रह समेत गरेका छन ।
प्राबिधिक ,प्रसासनिक, लगायतका निजि क्षेत्र र स्थानिय हरु गरि ५ हजार भन्दा बढिको सहभागिता हुनसक्ने आकलन सहित आयोजनागर्न लागिएको रोजगार मेलामा १३ लाख खर्चहुने आकलन गरिएको रोजगार साखाका प्रमुख पवन प्रधानले जानकारी दिए ।


प्रधानले अध्ययन पश्चात भारी संख्यामा रोजगार र थप अध्ययनका लागी जनशक्ति बिदेश पलायन हुनेक्रम बढ्दो रहेको र सरकारले रोजगार शृजना गर्न नसक्दा लागु औषध र दुर्ब्यसनिमा फस्दै अन्धकार जिबन यापन गर्नुपर्ने बाध्यता लाइ मध्यनजर गर्दै दुहबी नगरपालीकाले कोशि प्रदेशमै पहिलो चोटी २०७५ मा रोजगार मेला आयोजना गरेको बताए ।
मेलाबाट उद्योग तथा व्यवसायीले उपलब्ध जनशक्तिबारे एकै ठाउँबाट जानकारी पाउने, बेरोजगार युवाले विभिन्न उद्योग तथा व्यवसायमा रोजगारी प्राप्त गर्न सक्ने, सीपमूलक तालिम तथा रोजगारको अवसरको बारेमा जानकारीप्राप्त गर्नसक्ने, विद्यार्थी तथा युवाले वृत्ति परामर्श सेवा प्राप्त गर्ने र नमुना रोजगार सेवा केन्द्रको सेवाको बारेमा जानकारी प्राप्त भइ सेवा लिनेको सङ्ख्यामा वृद्धि हुने अपेक्षा गरिएको छ ।
कामको खोजीमा रहेका यूवाहरुलाई प्रमुख कम्पनीहरुमार्फत कामको अवसर जुटाईदिन पहल गर्ने, नयां अवसरहरुको खोजी गर्न सघाउने, आवश्यक शीप पहिचान सहित युवा जनशक्तिलाई स्वदेशमै काम गर्ने वातावरण बनाउने उद्देश्यले रोजगार मेला आयोजना गर्न लागेको दुहबी नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत हिमालय बरालले बताउनुभयो । उक्तमेलामा नगरपालिका बाट प्रवर्धन गरिएका लघुउद्यमका समाग्रीको प्रदर्शनि लगायतको स्टलहरु समेत रहने छन ।