तेस्रो सोनापुर गोल्डकप फुटबल प्रतियोगिता यहि चैत्र २४ गते देखी

स्वास्थ्यका लागी खेलकुद राष्ट्रका लागी खेलकुद मुल नाराका साथ मेमोरी यूवा क्लब दुहवी ८ सोनापुरको आयोजनामा हुन लागेको तेस्रो सोनापुर गोल्डकप फुटबल प्रतियोगिता यहि चैत्र २४ गते देखी २०८१ साल बैशाख १ गते सम्म सँचालन हुने आज प्रत्रकार सम्मेलन मार्फत आयोजकले जानकारी दिएका छन् ।

गोल्डकपको मुख्य प्रायोजन रमपम ,प्रायोजक सुविधा ग्यास  सह प्रायोजक अरिहन्त मल्टिफाइबर लिमिटेड  र पशुपति स्टिल रहेको छन भने प्रदेश बिकास खेलकुद वोर्ड प्राविधिक सहयोग तथा दुहवी नगरपालिकाको सँयोजक र दुहवी नगरपालिका वाडा नं.८ को सह  सँयोजकमा तेस्रो सोनापुर गोल्डकप फुटबल प्रतियोगिता सम्पन्न हुने आयोजकले जानकारी गराए ।

प्रतियोगितामा नेपालकै चर्चित ८ ओटा क्लबको सहभागिता रहने आयोजकले बताए जसमा दमक फुटबल एकेडेमी झापा, गोल्डेन स्टार क्लब सुनसरी , विरगंज यूनाईटेड पर्सा, ईटहरी फुटबल क्लब सुनसरी , पथरी ११ फुटबल क्लब मोरङ्ग , बर्दिबास नगर क्लब लाहान र आयोजक मेमोरी युवा क्लब दुहवी सुनसरी रहेको छ ।

कार्यक्रममा प्रमुख अथितिले दुहवी वडा नं.८ का वडा अध्यक्ष तारिकचन्द सरदारले शुभकामना मन्तव्य दिदै, हाल तेस्रो गोल्डकप गर्दा वडाले आफनै खेल मैदान निर्माण गरिएको स्मरण गराउदै , समाजमा रहेका कुलतमा फेसेका युवाहरु तथा कामबाट फुसर्द भएका युवाहरुलाई समय बिताउन  खेल माध्यमा बाट अगाडि बढाउन वडाले  खेल मैदानको निमार्ण गरिएको वडा अध्यक्ष सरदारले बताए । वडा अध्यक्ष सरदारले अगामी दिनमा आफुले सक्दो सहयोग गर्ने समेत बताए ।

दिउँसो २ बजे  श्री बिष्णु मा. विको खेल मैदानमा खेल हुने आयोजकले जानकारी गराए । प्रतियोगितामा विजेता टिमले नगद रु २ लाख ११ हजार  सहित ट्रफी, मेडल र प्रमाण पत्र पाउने छन् भने उपविजेताले नगद रु १ लाख ५ हजार ५सय सहित ट्रफी, मेडल र प्रमाण पत्रमा चित्त बुझाउँनु पर्ने आयोजकले जानकारी दिएका छन्  ।