झुम्का कारागारका कैदी न्यायधिश राईको मृत्यु

चैत १८ गते । सुनसरीको झुम्का कारागारका कैदी न्यायधिश राईको मृत्यु भएको छ ।


शनिबार कर्तव्य ज्यान मुद्धामा कैद भुक्तान गरिरहेका खोटाङको साकला गाउँपालिका घरभई हाल इटहरी उपमहानगरपालिका वडा नं. ४ मा डेरा बस्दै आएका ४२ वर्षिय न्यायधिश राईको मृत्यु भएको हो ।

मृतक राईका दाजु सुभाष राईले भाइलाई करागारभित्रै कुटेर हत्या गरेको आरोप लगाएको छ । घटनाको निष्पक्ष छानविन गर्नुपर्ने माग गरेका छन् ।

मृतक राईका दाजु सुभाष राईले भाइ न्यायधिशको शरिरभरी निलडाम रहेको, कान सुनिएको र चोट देखिएकाले आफै कालगतीले नभई कारागारभित्रै कुटेर हत्या गरेको दावी गर्नुभएको हो ।

त्यसैगरी झुम्का कारागार प्रमुख धुब्र कोईरालाले जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको दावी गर्नुभएको छ । स्वास्थ्यमा समस्या रहेकोले उपचारका लागि जिल्ला अस्पताल सुनसरीमा उपचारको लागि भर्ना गरेको र सोही क्रममा मृत्यु भएको प्रतिकृया दिनुभएको छ ।

यसैबीच मृतकका आफन्तले कारागार भित्रै हत्या गरेको र करागार प्रमुखले उपचारको क्रममा मृत्यु भएको दावी गरेपनि जिल्ला अस्पताल सुनसरीका प्रमुख श्रेया पंगेनीले राईलाई अस्पताल आउनुअघि नै मृत्यु भईसकेको अवस्थामा ल्याएको प्रतिकृया दिनुभयो ।

पीडित पक्षले न्याय र क्षतीपुर्ती नदिएसम्म शवको पोष्टमार्टम गर्न नदिने र शव नबुझने अडान लिएका छन् । हाल शव इनरुवा अस्पतालमा राखिएको छ ।