पार्टीलाई बलियो बनाउन एक ढिक्का हुन आवश्यक ः नेता गच्छदार

चैत ५ गते । नेपाली काङग्रेसलाई बलियो बनाउनका लागि सबै एक ढिक्का हुन आवश्यक रहेको पूर्व उपप्रधान मन्त्री तथा नेपाली काङग्रेसका केन्द्रिय सदस्य बिजयकुमार गच्छदारले बताउनुभयो ।

नेपाली काङग्रेस सुनसरीले आइतबार सदरमुकाम इनरुवामा आयोजना गरेको अगुवा कार्यकर्तासंगको अन्तरकृया कार्यक्रमलाई सम्बोधन गर्नुहुदै नेता गच्छदारले सो कुरा बताउनुभएको हो ।

नेपाली काङग्रेस बलियो भएन भने लोकतान्त्रनै कमजोर हुने भएकाले लोकतान्त्रलाई जोगाउन र अहिलेको व्यवस्थालाई ठिक ढङगले अगाडि बढाउनका लागि नेपाली काङग्रेसलाई बलियो बनाउन आवश्यक रहेको उहाँले दाबी गर्नुभयो ।

पछिल्लो समय देशको राजनीतिक गतिबीधि सहि ट्रयाकमा अगाडि नबढेको उहाँले बताउनुभयो । देशको राजनीतिकलाई सहि ट्रयाकमा अगाडि बढाउनका लागि नेपाली काङग्रेसलाई मजबुत पार्टीको रुपमा स्थापित गर्न आवश्यक रहेको नेता गच्छदारले बताउनुभयो ।

नेपाली काङग्रेस मजबुत नभएका खण्डमा लोकतन्त्र, गणतन्त्र र संविधाननै खतरामा पर्ने भएकाले यी सबै उपलब्धीको रक्षाका लागि नेपाली काङग्रेस मजबुत हुन आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो । नेपाली काङग्रेसलाई मजबुत बनाउनका लागि वडा, प्रदेश, क्षेत्र, जिल्ला देखि केन्द्र सम्मका नेता तथा कार्यकर्ताले आ–आफनो ठाउँबाट भुमिका निर्वाह गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा नेपाली काङग्रेसका केन्द्रिय सदस्य तथा अनुशासन समितिका सदस्य राजिव कोइराला, पूर्व राज्यमन्त्री सिताराम मेहता, पार्टी सभापति तथा इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारी, इनरुवा नगरपालिकाका उपप्रमुख बिनिता मेहता, दुहबी नगरपालिकाका प्रमुख बेद गच्छदार, पार्टीका सुनसरी उपसभापति पंकज महतो, सुनसरी सचिब बिरेन्द्रकुमार साह लगायतको सहभागीता रहेको थियो ।