छात्रामाथि आक्रमण गर्ने होस्टेल सञ्चालक मधु रेग्मीलाई कार्वाहीको माग

विराटनगर । छात्राहरुमाथि अमानवीय व्यवहार गर्ने विराटनगरस्थित मुनलाइट गल्र्स होस्टलका सञ्चालक मधु रेग्मीलाई कार्वाही गर्न स्वतन्त्र विद्यार्थी युनियन नर्सिङ क्याम्पस इकाई समिति विराटनगरले माग गरेको छ ।

विराटनगर नर्सिङ क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनले बुधबार विज्ञप्ती प्रकाशित गर्दै होस्टल सञ्चालक रेग्मीलाई कारबाहीको दायरमा ल्याउन माग गरेको हो ।

दोषिलाई कारबाहिको दायरामा नल्याए स्ववियू प्रतिरोधमा उत्रनेसमेत चेतावनी दिइएको छ । फाल्गुन २९ गते विराटनगर ८ मधुमारा स्थित मुनलाइट गल्र्स होस्टल संचालिका रेग्मीले विद्यार्थीहरुलाई गरेको अमानविय व्यवहारप्रति स्ववियूले निन्दा र भर्सनासमेत गरेको छ ।

विराटनगर नर्सिङ क्याम्पसका प्रथम बर्षमा अध्ययनरत विद्यार्थीहरु क्याम्पसको होस्टेलमा पर्याप्त कोठाको व्यवस्थापन नभएसम्मको लागि बाहिरी होस्टलमा बस्दै आईरहेका थिए । क्याम्पसले चाँडै होस्टेलमा कोठाको व्यवस्थापन गरि विद्यार्थीहरुलाई स्थानान्तरण गर्ने सुचना प्रकाशन गरेपछि रेग्मीलाई चैत महिनाको रकम अग्रिम बुझाउन अस्वीकार गर्दा उनीहरुमाथि दुब्र्यवहार भएको थियो ।

होस्टेल सञ्चालिका रेग्मीले विद्यार्थीलाई डर, धम्की देखाउँदै चैत महिनाको अग्रिम रकम बुझाउन दबाब दिएकी थिइन् । होस्टलमा बसेका विद्यार्थीलाई लागीगलौज गर्ने, अपशब्द बोल्दै हातपात गर्ने, लछारपछार गर्ने र सरसामान बाहिर फाल्ने जस्ता अमानवीय कार्य गरेकोप्रति स्ववियु सभापति प्रशंसा पौडेलको विज्ञप्तीमार्फत आपत्ती जनाएकी हुन् ।

सञ्चालक रेग्मीले विद्यार्थीमाथि गरेको दुव्र्यवहारको घटनाको भिडियो भाइरल भएको छ । रेग्मीको व्यवहारले विद्यार्थीहरु त्रसित भई बेहोससमेत भएको स्ववियुको दावी छ । दोषीलाई कारबाहीको दायरामा नल्याए स्ववियू प्रतिरोधमा उत्रने चेतावनी दिनसमेत विज्ञप्तिमा दिइएको छ ।

सञ्चालक रेग्मीले अग्रिम पैसा नदिएको भन्दै नर्सिङमा अध्ययनरत छात्रालाई कुटपिट गर्दै निकालेको देखिन्छ । तर, छात्राहरुले एक महिनासम्मको पैसा होस्टल सञ्चालकलाई अग्रिम बुझाईसकेको पीडित छात्राहरुले बताएका छन् ।

पीडित छात्राहरुको भनाई अनुसार होस्टल सञ्चालक रेग्मी आफू काठमाडौं जानुपर्ने भन्दै अग्रिम रूपमा होस्टलको पैसा माग्न मंगलबार साँझ ६ बजेतिर होस्टल पुगेकी थिइन् । तर, नर्सिङकी विद्यार्थीले केही दिनपछि कलेजमा नै होस्टल व्यवस्थापन हुने टुंगो भएका होस्टल छाड्दै थिइन् ।

पीडितको निर्णय अनुसार फेरी त्यस्तो घटना नदोहोरियोस् भन्नका लागि सञ्चालकविरुद्ध उजरी गर्न जिल्ला प्रहरी कार्यालय मोरङ पुगेको समेत उनले जनकारी दिएकी छिन् । होस्टलको रुममा तीन छात्रा बस्दै आएका थिए । उनीहरू विराटनगरस्थित नर्सिङ क्याम्पसको बिएनएस, बिएससी र नर्सिङ प्रथम वर्षमा अध्ययनरत हुन् ।

घटनापछि छात्राहरुलाई क्याम्पसको होस्टेलमा व्यवस्थापन गरिसकेको क्याम्पस प्रशासनले जनाएको छ । क्याम्पस प्रमुख मेनुका भण्डारीले आफूहरु पीडित छात्राहरुसहित जिल्ला प्रहरी कार्यालय मोरङमा होस्टल सञ्चालक विरुद्ध जाहेरी दिन पुगेको जानकारी दिएकी छन् ।सभार हाम्रोमत