दुहबी ११ का भुमिहिन दलित,सुकुम्बासी लाइ नाप नक्साको निस्सा बितरण

फागुन २७ गते । दुहबी नगरपालीका वडा नम्बर ११ का भुमिहिन दलित, भुमिहिन सुकुम्बासी र अब्यवस्थित बसोबासीलाइ नाप नक्साको निस्सा बितरण गरिएको छ ।

दुहबी नगर प्रमुख बेद गच्छादर र दुहबी ११ का वडा अध्यक्ष खड्गनारायण उराउले उक्त निस्सा बितरण गरेका हुन् ।

वडा नम्बर ११ का अब्यबस्थित बसोबासी ,दलित र भुमिहिन सुकुम्बास गरि २१३ जना लाइ उक्त निस्सा बितरण गरिएको छ ।

निस्सा बितरण पछि बोल्दै नगर प्रमुख गच्छादारले हरेक सुकुम्बासीले अन्य नागरिक जस्तै समान अधिकार र अस्तित्व पाउनु पर्ने र सुकुम्बासिका सन्तान सुकुम्बासि नहुन भन्ने धारणा सहित पहिचानका आधारमा निस्सा बितरण गरिएको र नेपाल सरकारले निर्धारण गरेको मापदन्डका आधारमा सेवा प्रवाह गरिने बताए ।

 

नगरपालीका भित्र रहेका ऐलानी पर्ती जग्गा पहिचान गरी सुकुमासीहरुलाइ दिर्घकालीन ब्यावस्थापन गरिने भन्दै उनले जनता सग नगरप्रमुख कार्यक्रम अन्तर्गत निशुल्क आखा जाँच, स्वास्थ्य बिमा , आवास, सिपमुलक योजना, छात्राबृत्ति हरु आफुले सन्चालन गरी सुकुम्बासीकै हितको पक्षमा काम गरेको उनले बताएका छन् ।

वडा नम्बर ११ का अध्यक्ष खड्ग उराउले कोहि पनि मानिस रहरले नभै बाध्यताले सुकुम्बासी बनेको हुदा आगामि दिन यस्त समस्या बाट मुक्ति दिलाउन यो अभियान सन्चालनमा ल्याएको बताए ।